लकडाउन उल्लंघन गर्ने सवारी साधन नियन्त्रणमा

२०७६ चैत्र १२ गते, बुधबार

काठमाडौं , १२ चैत । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने सवारी साधनलाई नियन्त्रणमा लिएको छ। लकडाउन नमान्ने ३०२ सवारी साधनलाई विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका प्रमख एसएसपी भीम ढकालले बताए। उनका अनुसार अत्यावश्क काममा निस्केकालाई भने छाडिएको छ। साथै घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई समेत सम्झाई बुझाई गरी घरतर्फ नै फर्काईको छ । अत्यावश्यक सेवा र पासका सवारी साधन मात्रै चल्न पाउने, अन्य सवारी साधनलाई नचलाउन र सर्बसाधारणलाई घरबाट ननिस्कन समेत आग्रह गरिएको छ।

प्रतिक्रियाहरु