लकडाउनको तेस्रो दिन: सरकार अझ कडा रुपमा प्रस्तुत हुने

२०७६ चैत्र १३ गते, बिहीबार

काठमाडौ, १३ चैत । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको जोखिम कम गर्न आव्हान गरिएको लकडाउनको आज तेस्रो दिन पनि राजधानी सहितका सडक प्रायः सुनसान छ ।
विहान सुनसान भए पनि बेलुकी पख अलि बढी नै मानिसहरु बाहिर निस्कन थाले पछि आजबाट थप कडाई गर्ने तयारी भएको छ ।
कोरोनाको संक्रमण एक व्यक्तिबाट अरु धेरै व्यक्तिमा एकै पटक हुने भएकाले त्यसले ठूलो असर पुर्याउन सक्ने भएकाले विश्वका धेरै देशमा लक डाउनको अभ्यास गरिएको हो ।
लक डाउनको उलंघन गर्नेलाई पक्राउ गर्ने र सवारी नियन्त्रणमा लिने क्रम प्रहरीले जारी राखेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु