लकडाउनकाे समयमा पनि नेकपाका नेता पुनः गिरफ्तार

२०७७ बैशाख ३ गते, बुधबार

काठमाडौं, ३ वैशाख । विश्वभर काेराेना भाइरसकाे संक्रमण बढिरहेको समय अधिकाशं देशहरूले ठूलाठूला केसका कैदी बन्दीलाई रिहाइ गरिरहेकाे समयमा दाङमा भने राजनीतिक अास्थाका बन्दीहरूलाई पनि अमानवीय तरिकाले प्रहरीले पुनः गिरफ्तार गरेर एक जिल्लाबाट अर्को जिल्ला लगेको छ । नेपाल कम्युनिस्ट पार्टीका ३ नेतालाई मंंगलबार प्रहरीले पुनः गिरफ्तार गरेको हो । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालीन राप्ती ब्युरो इन्चार्ज केश बहादुर बाठा मगर ‘सुवास’, पार्टीकै तत्कालीन राेल्पा इन्चार्ज सन्ताेष सुवेदी ‘प्रयास’ र पाेष्टमान घर्ती मगरलाई दाङ जिल्ला अदालतमा धराैटी दाखिला गरि रिहा हुन खाेज्दा पनि प्रहरीले पुनः गिरफ्तार गरेको हो । लामाे समय घाेराही हिरासतमा रहेकाे बेला यसअघि नै दाङ देउखुरी जिल्ला अदालतले प्रति व्यक्ति १५ हजार धराैटीमा सबैलाई रिहा गर्न अादेश दिएको थियो । तर त्यतिबेला धराैटी नराखेको भन्दै पुनः गिरफ्तार गरेर दाङ कारागार त्यसपछि राेल्पा कारागार हुदै फेरि तुलसीपुर कारागार ल्याएको थियो । तीन जनालाई मंगलबार धराैटी दाखिला गरि रिहा भइसकेको समयमा गेटभित्रैबाट पुनः गिरफ्तार गरेर बाँके जिल्ला लगिएको छ ।
यसै बीच, लकडाउन भएको बेला सबै अा- अाफ्नाे घर तथा ठाउँमा सुरक्षित भएर बस्ने समयमा गरिएको पुनः गिरफ्तारीप्रति नेपाल कम्युनिस्ट पार्टी दाङका जिल्ला सेक्रेटरी भगवानराजले घाेर भत्र्सना गर्दै सम्पूर्ण राजबन्दीहरुकाे स्वास्थ्यमाथि खेलवाड नगर्न अाग्रह गरेका छन । जताततै काेराेना भाइरसकाे संक्रमित बढिरहेको यस समयमा पनि विनाकारण पटकपटक गिरफ्तार गरिनुलाई वर्तमान दलाल सरकार नागरिकप्रति वेवास्ता गरिएकाे छर्लङ्ग भएको उनको प्रतिक्रिया थियो । नेपाल कम्युनिस्ट पार्टीले अाफ्नाे सम्पूर्ण संघर्षको कार्यक्रम स्थगित गरिसकेको समयमा अहिले पनि नेकपाका सयौं नेताकार्यकर्तालाई देशका विभिन्न जिल्लामा जेल हिरासतमा बन्दी बनाइरहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु