लंका जित्ने हनुमान, पगरी गुथ्ने डेँढुु – ओमप्रकाश पुन

२०७५ आश्विन २१ गते, आईतवार

काम एउटाले गर्ने र त्यसको जस अर्को पाउने भयो भने नेपाली समाजमा एउटा चर्चित भनाई रहेको छ, ‘लंका जित्ने हनुमान, पगरी गुथ्ने डेँढु’ । अझ अर्को भनाई पनि नेपाली साहित्य जगतका चर्चित छ, जो अनुपयुक्त पात्रलाई बढी सम्मान दिइयो भने भन्ने गरिन्छ, ‘भाङ्ग्राको टोपीमा गुयलीको पूmल’ ।
वास्तवमा अहिले नेपी ओलीको हकमा ठ्याक्कै त्यस्तै भएको छ । उनी संयुक्त राष्ट्रसंघको ६३औं महासभालाई सम्बोधन गर्न जम्बो टोलीसहित दोस्रो जंगबहादुरको अवतारस्वरुप अमेरिका प्रस्थान गरेका थिए । फुर्सदलो भ्रमणमा समयअगावै नेपालको अत्यासलाग्दो र चित्कारपूर्ण वातापरणबाट मुक्ति पाउन देश छोडेका केपी ओली अमेरिकामा केही दिन यता र उताको भाथ भान्सामा फुर्सदिलो समय बिताएर बसे र महासभामा नेपालका कथित शान्ति प्रक्रियाको मुख्य मसिहा नै म हुँ र नेपाल अहिले सुखी र समृद्ध छ भन्ने बकमफुसे भाषण गरी विदेशीको आँखामा छारो हाल्ने काम गरे । केही विदेशी नेताहरुसहित अमेरिकाका सन्की राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोटा खिचेर सगरमाथाभन्दा उच्च हाइटको चोसो पसार्दै घिरौला जत्रो नाक फुलाए । अझ त्योभन्दा पनि नौटङ्कीको गाइजात्रा त झन् भ्रमण तालिकामा नै नपरेको देश कोस्टारिकामा गएर देखाए । त्यो पनि नेपालमा शान्ति स्थापना र द्वन्द्व समाधानको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको भन्दै कोस्टारिकाको शान्ति विश्वविद्यालय (युनिभर्सिटी फर पिस)बाट मानार्थ विद्यावारिधीको उपाधि लिएर । सायद यी कुरा सुनेर नेपालको राजनीतिक तथा बौद्धिक जगतको त कुरै छोडौं फुटपाथको सामान्य चिया बसल गर्ने व्यापरी र गाउँको सामान्य किसानले समेत मज्जाले हाँस्छन् होला । केही समय अगाडि उनले भनेका थिए कि, म र मेरो सरकारको आलोचना गरी लेख लेख्ने बौद्धिकहरुको लेख पढेर उनकै घरका परिवार पनि हाँस्छन् होला । ठीक यस्तै केपी ओलीको कथित शान्ति प्रक्रियामा महात्वपूर्ण भूमिका खेलेकोमा पाएको मानार्थ विद्यावारिधीको उपाधी देखेर प्राथमिक तहका विद्यार्थी पनि गलल हाँस्छन् होला । किनकि केपी ओली नेपाली राजनीतिका सबैभन्दा हास्य खलपात्र हुन् । उनको पञ्चायतविरोधी संघर्षमा १४ वर्ष जेल जीवन बिताएको बाहेक नेपाली राजनीतिमा कुनै सकारात्मक भूमिका छैन । जसलाई निम्न तथ्यहरुले पुष्टि गर्दछ ।
पहिलोः केपी ओली २०४६ सालको सामान्य राजनीतिक परिवर्तनपछि लगातार सत्ता र रानीतिमा क्रियाशील व्यक्ति हुन् । उनी कहिले राजाको त कहिले भारतको आडभरोसामा शक्तिमा पुग्ने र यथास्थितिवादी र राष्ट्रघाती भूमिकामा रहने व्यक्ति हुने । राष्ट्रघाती महाकाली सन्धि गराउनेदेखि जनयुद्धको विरुद्ध भीषण दमन गराउनेसम्मको भूमिकामा उनी सक्रिय रहेको व्यक्ति हुन् ।
दोस्रोः केपी ओली महान जनयुद्ध र २०६३÷०६३ सालको जनआन्दोलनका घोरविरोधी थिए । जनआन्दोलन राजतन्त्रका विरुद्ध संगठित र उत्तेजित हुँदै गर्दा आन्दोलनको बिचमा राजाँिग मिल्ने अभिव्यक्ति दिने र पछि राजतन्त्र अन्त्यको घोषणा गर्दा त्यसको विरोध गर्ने व्यक्ति हुन् । सायद २०६४ सालको पहिला ेसंविधान सभामा केपी ओली विजय भएर आएको भए संविधान सभाको पहिलो बैठकबाट राजतन्त्रको अन्त्य गर्ने घोषणालाई प्रभावित पार्न सक्थे होला । किनकि जनयुद्धमा माओवादीले र जनआन्दोलनमा युवाहरुले गणतन्त्रको नारा लगाउँदा नेपालमा गणतन्त्र ल्याएँछौं भन्नु भनेको बयल गाडा चढेर अमेरिका जान्छु भने जस्तै हो भनेर ब्याङ्ग्य प्रहार गर्दै हिड्ने पात्र हुन् केपी ओली ।
तेस्रोः केपी ओली जनयुद्धका घोरविरोधी हुन् र १२ बुँदे समझ्दारीका पनि कट्टर विरोधी हुन् । कांग्रेस र राजासँग मिल्ने तर माओवादीसँग कुनैपनि हातलतमा सहकार्य नगर्ने पक्षमा दिए उनी र संविधान सभा र गणतन्त्रका घोरविरोधी हुन् उनी । बरु, तत्कालीन एमाले खेमाबाट जनयुद्धकालमा रोल्पासम्म गएर सात बुँदे सहमति गर्ने वामदेव गौतम र सिलगुढी हुँदै दिल्लीसम्म गएर १२ बुँदेमा हस्ताक्षर गर्ने माधव नेपाली तुलनात्मक रुपले नेपालाम अग्रगमन, शाही र द्वन्द्व व्यवस्थापनमा भूमिका खेल्ने व्यक्ति हुन् । जतिबेला केपी ओली यसको विपरीत धारमा थिए र एकहोरो रुपमा जनयुद्ध र माओवादी पार्टीको विरुद्ध धारे हात लगाउँथे ।
चौथोः पहिलो संविधान सभाबाट अग्रगामी संविधान बनाउने र शान्ति स्थापना गर्ने कार्यका विरुद्ध सदन बाहिरको मोर्चाबाट देशीविदेशी शक्तिको योजनामा हात धोएर लाग्ने पात्र हुन् केपी ओली । जसको विस्तृत व्याख्या पत्रकार सुधिर शर्माद्वारा लिखित ‘प्रयोगशाला’ पुस्तकमा पनि गरिएको छ । माओवादी आन्दोलनलाई ‘बाँदरे प्रवृत्ति’को संज्ञा दिने । माओवादीसँग सहकार्यको कुरा गर्ने माधव नेपाललाई माओवादी प्रवक्ताको बिल्ला भिराउने । संघीयता, धर्म निरपेक्षाता र समानुपातिक समावेशिताको चरम विरोध गर्ने केपी ओली अहिले त्यसका नक्कली हिमायती बनेका छन्, जो सत्य होइन ।
पाचौंः कथित २०७० सालको दोस्रो संविधान सभापछि प्रतिगामी र प्रतिक्रान्तिकारी संविधान बनाउनमा महत्वपूर्ण भूमिका खेल्ने पात्रमध्येका एक हुन् केपी ओली । महान दस वर्षे जनयुद्ध र २०६२÷०६३ को जनआन्दोलनको मर्म र भावनाविपरीत ुरानै दलाल संसदीय व्यवस्थालाई पुनस्र्थापित र संस्थागत गर्ने संविधान निर्माण गरेर नेपालमा हाल अघोषित गृहयुद्ध चर्काउने कामको अगुवाई गर्ने पात्र केपी ओली नै हुन् । जसको परिणाम हाल देशमा भ्रष्टाचार, राष्ट्रघात, जनघात, महंगी, महिला हिंसा दिन दुई गुणा र रात चार गुणा बढेर गएका छन् । राष्ट्रघातको नमूनाको रुपमा १ लाख ४७ हजार एक सय ८१ वर्ग किलोमिटर क्षेत्रफलको नेपाल खुम्चिएर हाल १ लाख ३७ हजार एक सय ६२ वर्ग किलोमिटरमा झरेको नक्सा नापी कार्यालयमा टाँगिएको छ । वर्षमा बलात्कार, आत्महत्या र हत्याकाण्ड घटनाहरु करिब ३० हजारको हाराहारीमा पुग्ने गरेका छन् ।
युवाहरु विदेश पलायउन हुने क्रम बढेदो छ । दशैंको मुखमा महंगी बढेर जनताको ढाड सेकिएको छ । धादिङको धार्केबाट काठमाडौ. पुग्ने २५ किलोमिरटर बाटो पार गर्न गाडीलाई १० घण्टासम्म लाग्ने भएको छ । केपी ओलीको सरकार बनेको आठौं महिना चलिरहँदा नौ पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ र एक वर्षमा पेट्रोलियम पदार्थमा वैधानिक एक अर्बको चुहावट हुने तथ्यांक छ । अवैधानिक त झनै धेरै हुने अनुमान छ । शान्ति–सुरक्षा, जनताको मौलिक अधिकार र राजनीतिक स्वतन्त्रता सबै गुमेका छन् । जनतामा आमरुपमा निराशा छ । यसका प्रमुख हिस्सेदार मध्येका एक हुन केपी ओली ।
छैठौंः उल्लेखित समस्याहरुका विरुद्ध नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा एकीकृत जनक्रान्ति अगाडि बढेको छ । त्यसबाट अत्तालिएर त्यस पार्टीका नेता–कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने, दमन गर्ने र झुठा मुद्दा लगाउने कार्य गर्दै आएको छ केपी ओली नेतृत्वको सामाजिक दलाल फासीवादी सरकारले । सदनमा त्यही पार्टीका वरिष्ठ नेताले सरकारका चर्को आलोचना गरेका छन् । पार्टीकै जिम्मेवार मुख्य मन्त्रीहरुले केपी ओलीले जे बोल्छ त्यसको उल्टो हुन्छ । मान्छेले पत्याउँदैनन् । हाँसोमा उडाउँछन् भनी टिप्पणी गर्दै हिँडेका छन् । केपी ओली भने आफ्नो विरोध गर्नेहरुका विरुद्ध पार्टीका नेता कार्यकर्तालाई अरिंगाल बनेर टोक्न आदेश दिन्छन् । महमा बस्ने माहुरीको संज्ञा दिएका उनका कार्यकर्ता भने जता खाना पाइयो उतै बस्ने झिंगा सावित भएका छन् । जता काफल पाक्यो उतै चरी नाच्यो भने झैं केपी ओली र उनका महिमा मण्डलीहरु आफ््नो व्यक्तिगत स्वार्थका देश र जनताका हितविपरीत नाचिरहेका छन् । यसका संचालनकर्ता हुन् केपी ओली ।
सातौंः यसकारणले देश नयाँ द्वन्द्व र संघर्षमा होमिरहेको बेला अशान्ति र हिंसा बढिरहेको बेला, केपी ओली भने साम्राज्यवादीहरुको रंगमञ्च संयुक्त राष्ट्रसंघको महासभामा नेपालमा शान्ति ल्याउने, माओवादीलाई ठीक पार्ने र संविधान निर्माण गरी चुनावमार्फत दुईतिहाईको सरकार बनाउने बहादुर मै हुँ जस्तो गर्दै संसारभरिका पूँजीवादीहरुको आँखामा छारो हाल्ने काम गरेका छन् । जंगबहादुर राणाले कुनैबेलको बेलायत यात्रामा अंग्रेजीमा सत्यलाई ट्रुथ भन्नुपर्नेमा ‘की’ भन्दा सहयोगीले त्यसो हैन महाराज ‘की’ भनेको त ताला खोल्ने साँचो हो भनेका थिए । सत्य साँचो भन्नलाई त ट्रुथ भन्नुपर्छ भन्दा जंगे ने बोल्छ, त्यो सत्य हुन्छ भनेर जिद्दी गरेझौं त्यही जंगेका वर्तमान अवतार केपी ओली पनि आफ्नो वाणी मात्रै सत्य हो । अरु सबै झुठा र बेकुप हुन् भन्दै हिँडेका छन् । कार्ल माक्र्सले जंगबहादुर राणालाई बेलायतको पाल्तु कुकुर भनेर आलोचना गरेका थिए । जंगबहादुर पनि बुद्धिभन्दा बल र घमण्डले चल्थे भने केपी पनि आफ्नो विचार र भिजन के हो ? भन्ने सवालमा दुई लाइन लेख्न नसक्ने तर रंगमञ्च पाएमा दुनियाँलाई उखान टुक्का हालीहाली घण्टौं गाली गर्ने । आपूmले औपचारिक डिग्री हासिल गर्न नसकेको कुण्ठामा सक्कली वा नक्कली जुनसुकै प्रकार मानार्थ विद्यावारिधीका खोस्टाहरु बटुल्दै हिँड्ने । अनि उल्टै देश दुनियालाई अर्तिउपादेश दिँदै उल्लु बनाउने । यस्ता व्यक्तिलाई नेपालमा शान्ति स्थापना र द्वन्द्व समाधानमा विशिष्ट योगदान गरेपावत कोस्टारिकाको युनिभर्सिटी फर पिसले यही असोज १६ गते मंगलबार मानार्थ विद्यावारिधीको उपाधी दिनु लज्जास्पद कार्य हो । जसले नेपालको शान्ति प्रक्रिया र द्वन्द्व समाधारमा विशिष्ट योगदान हैन कि उल्टो भूमिका खेल्दै बिगार्दै आएका छन् । जसको पालामा नेपालमा नयाँ द्वन्द्व र संघर्ष शुरु भएको छ । यसैलाई शान्ति दूतको रुपमा सम्मान गर्नु भनेको लंका जित्ने हनुमान पगरी गुथ्ने डेँढु भन्ने उखान चरितार्थ हुनु सरह नै हो । यस मामलामा उनलाई सम्मान गर्ने देश कोस्टारिका र त्यहाँको शान्ति विश्वविद्यालय निकट भविष्यमै लज्जित हुनेपर्नेछ ।

प्रतिक्रियाहरु