र्सपबाट मसाज !

२०७१ भाद्र ७ गते, शनिबार


काठमाडौँ । र्सपबाट मसाज गराउने विषयमा कसैले सोच्न सक्छ – सम्भवतः सक्दैन । र्सप कम विषालु भए पनि मानिस डराउने गर्दछन् । तर, इन्डोनेसियाको राजधानी जाकार्तामा र्सपबाट मसाज गराउने चलन बढेको छ । मानिसहरू आफ्नो तनाव हटाउनका लागि मसाज पार्लल गएर युवतीको सट्टा र्सपबाट मसाज गराउन मन पराउन थालेका छन् । र्सपबाट गराइने यस्ता मसाज पार्लरमा मानिसलाई सुताएर उमाथि कयौ प्रजातिका र्सप छोड्ने गरिन्छ । र्सपहरू नाङ्गो शरीरमा यताउता गरिरहन्छन् । यसमा सानोदेखि लिएर ठूला र्सपसमेत हुने गर्दछन् । कतिपय र्सप त नाकमा घुस्ने प्रयाससमेत गर्दछन् । कति पेट, हात, काँध, टाउको, छाती आदि स्थानमा हिडिरहन्छन् । र्सपबाट मसाज गराउने मसाज पार्लरहरूका अनुसार यो मसाजबाट तनाव हट्ने गर्दछ । उनीहरूको दावीअनुसार तनाव मात्र होइन र्सपको चिसोबाट शरीरको चिडचिडाहटसमेत हट्ने गर्दछ । स्मरणरहोस् यसरी र्सपबाट मसाज चीनलगायतका अन्य मुलुकमा पनि गराइने गर्दछ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु