रौतहटमा बम बिस्फोट, आठ जना घाईते

२०७४ मंसिर २ गते, शनिबार

काठमाण्डौ , २ मंसिर । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ५ मा बम बिस्फोट भएको बिस्फोटमा परि आठ जना घाईते भएका छन् । गाविसको वडा नं. ५ मा नेकपा एमालेको वडास्तरिय कार्यकर्ता भेलामा बम बिस्फोट भएको हो । बिस्फोटमा घाईते मध्ये दुईजनाको अवस्था गम्भिर रहेको छ । उनिहरुको परिचय खुलेको छैन् निवर्तमान सांसद रामकुमार भट्टराईले भने बिस्फोटनमा एक जना बालक र एक जना महिला गम्भिर घाईते छन् ।
भट्टराईले घाइतेहरुको उद्धारगरि अस्पताल पठाएका छन् । अन्य आठ जना कार्यकर्ता घाइते भएको बताइएको छ । उक्त बम राधाकृष्ण मन्दिर नजिकै भएको बताइएको छ ।

प्रतिक्रियाहरु