रोशी सुसेली रहन्छे – वैरागी जेठा

२०७६ श्रावण २५ गते, शनिबार

हाम्रा पदचापहरूसँगै
रोशी सुसेली रहन्छे
हामीसँगै बाँधिएर
वल्थली
आँखा–आँखामा नाचीरहन्छ
फुकुवा पाठा पाठीहरू जस्तै
हामी
एउटा युद्ध जित्न
माक्र्सका वीर्यहरू लिएर
पैदलयात्रा गरिरहेछौँ
दाप्चाबाट डोका बोकेर झरिरहेछन्
साल्मेटार ,चतुरमानहरू
राकेश तमाङका जीवनहरू
मज्दूरीमा बितेका कथाहरू
हाम्लाई सुनाउँछन् सुगाझैँ
स्वभाविक यात्रा गरिरहेछन्
खोपासीका चोक तिर
नयाँखोपासीहरू
रोशीको पुलमा तुन्द्रुङ झुण्डिएकाछन्
हम्रो अगाडि
पटकपटक हाँस्छ
खेतका आलीहरूझैँ
फुस्किरहेका विश्वासहरू
भास्सिरहेका विचारका गह्राहरू
आँखाबाट चुहिन्छन् सितका थोपाहरू
हुमागाई बाजेका बलेसीमा
मार्तोलले पेच कसेझैँ कस्छ
मनका आवेगहरू
कुवा खन्दा भेट्टीएका काला जराहरू
फुस्रो फुस्रो देख्छ आकाश
हाम्रा गौँथलीहरू
रोशीका झोक्काझैँ रिसाइरहेकाछन्
हामी धानबारीमा रमाउँदै
सूर्यसँगै युद्ध लडिरहेह्यौँ
लाल विद्रोह
राल्फाली जस्तै हिँडीरहेछ
मध्यवर्षाकालिन समयमा
रोशीको किनारै किनार
लाल युगहरू नपुसक भएपछि
सिङ्गैगाउँ रितिएको छ
हामीले बोकेका वीर्यहरू सुकेर
लीलीहरू परपर भएकाछन्
कालिडाँडा वरिपरिका
आकृति र अनुहारहरू
हुमागाई बाजे उभ्याउन गाह्रो भइरहेछ ,भनिरहेछन्
झ्याउँकुरीको ¥याईँ ¥याईँमा
निःशब्द खुट्टाहरू अघिबढीरहेछन्
लोप भइसकेका पुरानाबाटाहरू
बाँकी अवशेषरहेका सिंढीहरू
इतिहास बनेर , मानव सभ्यता खोजिरहेथ्यो ।
पुलमुनि बसेर
रोशी सुसेली रहन्छे ।

प्रतिक्रियाहरु