रोल्पाका गाउँगाउँमा सर्च अप्रेसन !

२०७६ असार २९ गते, आईतवार

काठमाडौं, २९ असार । सरकारले नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्ता खोज्न भन्दै रोल्पामा सर्च अप्रेसनलाई व्यापक बनाएको बताइएको छ । नेपाल कम्युनिस्ट पार्टीका राप्ती ब्युरो इन्चार्ज सुवासको घर भावाङदेखि लिएर युवा, विद्यार्थी संगठनका जिल्ला अध्यक्षहरुको घरलगायत रोल्पा परिवर्तन गाउँपालिकाको राङकोटक गाउँमासमेत लगातार प्रहरीले ३ दिन खानतलासी गरेर स्थानीयहरुलाई त्रसित बनाएको बुझिएको छ । त्यस्तै गंगादेव गाउँपालिका लगायत रोल्पा जिल्लाका विभिन्न ठाउँका गाउँगाउँमा नेकपाका स्थानीय नेताकार्यकर्ताहरूको घरघरमा र गंगादेव गाउँपालिकाकै पाखापानीमा शिक्षकहरुलाई सोधपुछ गर्न विद्यालयमासमेत सर्च अप्रेसन गरेर विद्यार्थी र जनतामा आतंक सिर्जना गरिरहेको बताइएको छ । यसरी रोल्पा जिल्लाका विभिन्न गाउँगाउँमा, घरघरमा हतियारसहित सर्च अप्रेसन गर्दा रोल्पाका जनताहरु फेरि पनि राज्यले युद्ध थोपर्न लागेको त होइन भन्ने शंका गर्न थालिसकेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु