रोलिनी बनिन् ‘मिस वर्ल्‍ड २०१४’

२०७१ मंसिर २९ गते, सोमबार

काठमाडौं । सन् २०१४को विश्‍व सुन्दरी प्रतियोगीताको उपाधि दक्षिण अफ्रिकाकी रोलिनी स्ट्रसले उचालेकी छिन्। आइतबार बेलायतको राजधानी लण्डनमा सम्पन्न भएको उक्त भव्‍य समारोहमा रोलिनी विश्‍वका १२५ देशका सुन्‍दरीहरुलाई पछि पार्दै उपाधि जितेकी हुन्। विश्‍व सुन्दरी प्रतियोगीताको उपाधि जित्‍ने उनी ६४ औ ‘मिस वल्‍ड’ बनिन्।
तपाई किन नयाँ मिस वल्‍ड बन्‍न चाहनुहुन्छ भन्‍ने प्रश्‍नको उत्कृष्ट जवाफ दिएपछि रोलिनी विश्व सुन्दरीको ताज आफ्‍नो पोल्‍टामा पार्न सफल भएकी थिइन। विश्व सुन्दरी भएपछि उनको आँखाबाट हर्षको आशु खसेको थियो। ‘मिस वल्‍ड २०१४’को को अन्तिम पाँचमा हंगेरी, अष्ट्रेलिया, साउथ अफ्रिका, अमेरिका र बेलायतका प्रतिस्पर्धी सुन्दरीहरु छनोट भएका थिए ।
यस्तै यस वर्ष विश्‍व सुन्दरीको फस्ट रनरअप हंगेरकी इडिना कुल्सार र सेकेन्ड रनरअप अमेरिकाकी एलिजावेथ साफ्रिटल भइन। यस्‍तै नेपालबाट प्रतिस्पर्धामा भाग लिन पुगेकी मिस नेपाल सुबिन लिम्बु भने पहिलो चरणबाट आउट भइन। ‘मिस वर्ल्‍ड २०१४’ बेलायतमा सम्‍पन्‍न भएको यो दोश्रो पटक हो। यसअघि सन् १९५१मा बेलायतमा मिस वर्ल्‍ड भएको थियो। – एजेन्‍सी

प्रतिक्रियाहरु