रोबोट जस्तै मोडल !

२०७५ मंसिर २० गते, बिहीबार

काठमाडौं , २० मंसिर । पुतली जस्तो देखिने यी महिलाले मेकअपमार्फत यस्तो रुप पाएकी होइनन् । उनी वास्तविक रुपमा यस्तै छिन् । उनी हुन् अमेरिकाकी चर्चित मोडल मेलनी गेडोस । ३० वर्षीया गेडोस एक्टोडर्मल डिस्प्लेशिया नामक एक दुर्लभ अनुवांसिक विकारका कारण यस्ती छिन् । उनको न त कपाल छ न नै नङ । यो रोगका कारण उनको कपाल, दाँत, नङ, हड्डी, छाला र ग्रन्थीको विकासमा नराम्रो असर पर्ने गर्दछ ।
न कपाल, न दाँत न नङः
मेलनी गेडोसको ओठ र तालू जन्मदेखि नै काटिएको र फुटेको थियो । उनको आँखा र कानमा पनि विकृति थिए । यसलाई ठिक गर्नका लागि उनले वाल्यकालमा नै ४० शल्यक्रिया गर्नुपरेको थियो ।
मेलनीको दाँत पनि छैन । दुई वर्ष पहिले उनले नक्कली दाँत बनाएकी थिइन् तर उनले त्यसलाई लगाउनै छोडिदिइन् । आफूले दाँत बिना नै खानेकुरा खान सक्ने भएकाले दाँतको कुनै आवश्यकता नभएको उनी बताउँछिन् । उनी विग पनि लगाउँदिनन् ।
लक्षणको आधारमा एक्टोडर्मल डिस्प्लेशिया १ सय ८० प्रकारका हुन्छन् । यसको साधारण असरमा पसिना नबन्नु र शरिरमा तापक्रम नियन्त्रित नहुनु पनि पर्दछ ।
मेलनीले यस्तो समस्या पनि झेल्नुपर्छ । उनले धेरैभन्दा धेरै पानी पिउनुपर्छ र उनी छायाँ र एयरकन्डिसनमा बस्नुपर्ने हुन्छ । यसो नगरे उनको स्वास्थ्यमा गम्भीर समस्या देखिन सक्छ । आफ्नो भिन्न लुक र स्वास्थ्य समस्याका कारण पनि मेलनी न्यूयोर्ककी सफल मोडल हुन् । यद्यपी, उनले मोडलिङलाई करियर बनाउनेबारे कहिले पनि नसोचेको बताइन् । उनका अनुसार न्यूयोर्कको प्राट इन्स्टिच्युटमा आर्टको पढाई गर्नेबेला उनले एक प्रयोगको रुपमा फोटो खिचाएकी थिइन् । त्यसपछि उनले एक फोटोग्राफरलाई इमेल गरिन् त्यसपछि फोटोग्राफरले उनलाई मोडलिङको अफर दिए । ८ वर्षदेखि मोडलिङ गरिरहेकी मेलनीसँग कामको कुनै कमी छैन । पछिल्ला दिनमा उनले आई–डी म्यागजिनको समर इश्युका लागि फोटोसुट गराइन् । अहिले उनी युरोपको प्रोजेकटमा व्यस्त छिन् । मेलनी अब हार्ड फेशन मोडलिङमा अवसर खोजिरहेकी छिन् ।
मेलनीका अनुसार उनलाई आफ्नो शरिरसँग कुनै समस्या छैन । उनी बाहिरबाट देख्दा जस्तो देखिए पनि, शरिरले जस्तो प्रकारले काम गरेपछि उनले त्यसलाई स्विकारेकी उनी बताउँछिन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु