रेडियो पत्रकारिता र म ,अनि मेरो पिडा – दिया चन्द

२०७१ फाल्गुन २ गते, शनिबार

रेडियोको सुरुवात कहाबाट कहिले र कसरी भयो अनि रेडियो दिवस मनाउन सुरु कसरी गरियो रेडियो दिबशमा के के गरिन्छ कसरी मनाइन्छ भन्ने कुरा लाई म कोट्याउन चाहान्न । वा सिधै भनौ मलाइ त्यसबारे धेरै कुराको ज्ञान र रेडियोको इतिहास थाहा नहुन पनी सक्छ । मलाई यती कुरा भने थाहा छ रेडियो आम मान्छेको सजिलो सञ्चारको साधन हो ।

रेडियो बजाउन कुनै बिशेष ज्ञान शिप कला चाहिदैन अथवा कसले जान्ने र कसले नजान्ने भन्ने हुदैन सामान्य मान्छेले पनी रेडियो सजिलै बजाउन र सुन्न सक्छ। हुर्कदै गरेको ६/७ बर्षको बच्चा देखी ७०/८० वर्षको बुढाबुढीको समेत पहुचमा हुन्छ रेडियो त्यसैले टेलीभिजन र इन्टरनेटको माध्यमबाट प्रकाशन प्रसारण हुने सञ्चारमध्यमबाट पाइने सूचना सन्देश भन्दा रेडियोको समाचार सूचना र सन्देशबाट बढी मान्छेले लाभ लिन सक्छन।

म सानैदेखि मिडियाप्रेमी रेडियोमा अरुले न्यूज पढिरहदा र कार्यक्रमहरु प्रस्तुत गरिरहदा मलाइ निकै आनन्द लागिरहने । मनमनै सोच्ने गर्थे म पनि एकदिन त्यो स्थानमा पुग्न पाए त्यसैगरि रेडियो बाट बोल्न पाए । केहि समय सोच्नमै बित्यो
मानिसका आ-आफ्नै रुचि र चाहाना हुन्छन । त्यस्तै मलाइ पनी एउटा इच्छा थियो त्यो हो एक अशल रेडियोकर्मी बन्ने,म त्यही रेडियोकर्मी बन्ने एक उपयुक्त अबसरको खोजीमा थिय ।

रेडियो पत्रकार बन्ने तिब्र चाहाना केवल मन भित्र मात्रै सिमित थियो । म निरन्तर आफ्नो रेडियोकर्मी बन्ने चाहना पुरा गर्नको लागी लागी परिरहेकी थिय । कुरा आज भन्दा करीब ११ महीना अगाडिको हो । २०७१ माघ २१ गतेको दिन थियो, रेडियो नागरिक १०४.३ मेगाहर्जको तरंग मार्फत मेरो आवाज तरंगीत हुन पुग्यो ।

कुनै औपचारिक तालिम वा कोशिश बिना नै मैले रेडियोबाट बोलेको दिन मेरो आवाज रेडियो बाट तरंगीत भएको दिन विना नियुक्ति मैले रेडियोमा काम सुरु गरेको त्यो दिनको सबै चित्र अहिले पनी मानसपटलमा ताजै छ । मनमा धेरै सपना बोकेर कामलाई निरन्तरता दिदै गए । आफुलाई स्थापित गर्न प्रेरणा र अवसर संगै चुनौतीहरु पनि थिय । म एउटा महिला पत्रकार, पत्रकारीता आफैमा एउटा चुनौती पूर्ण पेशा हो । अझै त्यसमाथि सुदुरपश्चिमको सवालमा केहि थप चुनौती छन ।

एकातिर सामाजिक बन्धन र अर्कोतिर श्रमको उचित मुल्याकन हुन नसक्नु । मिडियाभित्र महिला लाई हेर्ने दृष्टिकोण र गर्न खोजिने व्यवहार र बाहिर हेर्दा भन्दा जती अशल हुन्छ भित्र त्यो भन्दा नितान्त फरक हुने रहेछ त्यसैले होला महिला पत्रकारहरु यो पत्रकाररिता पेशामा दिर्घकालीन रुपमा निर्धक्क भएर लागिरहन सक्दैनन ।

मेरो बुझाईमा रेडियो गाउवस्ति,समाज कुना कन्दराका आवाज विहिनहरुको आवाजहरुलाई बोल्ने माध्यम हो । तर पछिल्लो समयमा रेडियो व्यापारिकरण हुदै गएको छ । शोषीतपिडित निमुखा र उत्पीडनमा परेका सबै खाले उत्पीडित आवाजहरुलाई आम जनतामाझ जस्ताको तस्तै प्रसारण गर्ने रेडियो आज पैसा कमाउने भाडोको रुपमा मात्र प्रयोग भएको त छैन ? प्रश्न उब्जिएको छ ।

विभिन्न राजनीतिक पार्टीहरुको ओकालत र प्रचार प्रसार गर्ने प्रयोजनका रुपमा समेत रेडियोलाइ प्रयोग गरिएको छ। यति मात्र कहाँ हो र अहिले त झन एउटा मोफसलको शहरमा दर्जनौ रेडियोहरु भकाभक खुल्ने क्रम तिब्र छ । त्यो सबै राजनीतिक पार्टीको अगुवाइमा नै हुने गरेको पाइन्छ ।

फलानो जिल्लामा फलानो पार्टीको एफएम खुलिसक्यो अव त्यो पार्टीले ठुलै महान कार्य गरिसक्यो हाम्रो पार्टी पछाडी परिसक्यो भन्दै हतारो र चटारो संगै रेडियो स्थापना हुदै जान्छन । तर त्यसको असर प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आम रेडियोकर्मीहरुमा परेको हुन्छ, श्रम शोषण भएर । यो प्रवृत्ति रोकिनु पर्छ नत्र हामि रेडियो पत्रकारहरुले रेडियो पत्रकारिता नै छोड्नु पर्ने अबस्था आउन सक्छ ।

मैले चाहना राखेको रेडियो पत्रकारितामा त म आय रेडियोकर्मी पत्रकार त म बने मेरो बाल्यकाल देखिको एउटा सपना पुरा त भएको छ। तर आज रेडियो दिबशको सन्दर्भ पारेर मैले एउटा कुरा लेख्ने बोल्ने र भन्ने हिक्मत गर्नैपर्छ विना नियुक्ति र विना पारिश्रमिक नौ महीना पुर्ण ईमानदारीताका साथ रेडियो नागरिकमा काम गरियो ।

हरेक कुराको एउटा निश्चित बिन्दु हुन्छ त्यो बिन्दु लाई कसैले पार नगर्नु बुद्धिमानी हुन्छ क्षेत्र चाहे जुनसुकै होस । अझै सिधा भाषामा भन्नु पर्दा रेडियो नागरिकले मेरो श्रमको शोषण गरेको छ । मैले घाम पानी भोक तिर्खा दिन रात नभनि रेडियोको लागि गरेको परिश्रम र मेहनतको मुल्य खोज्दै अहिले भौतारिनु परिरहेको छ ।

मलाई रेडियोमा काम गर्ने अवसर प्रदान गरिएकोमा रेडियो नागरिक प्रति सदैव सम्मान रहनेछ तर मेरो आफ्नो श्रम पसीनाको धज्जी उडाउने रेडियो नागरिकका साहु महाजन शोषक सामन्तहरुलाई मैले नजरअंदाज गर्न सक्दिन । हो मेरा पनि काम गर्दाका केहि कमि कमजोरी सिमाहरु थिए होलान तर रेडियो नागरिकको स्थरोन्नतीका लागि जसरी म खटिएको थिए त्यसरि सिमा सुरक्षामा हाम्रा नेपाली सिमा सुरक्षा बललाई नेपाल सरकारले खटाउन सक्थ्यो भने नेपाल भारत सिमा क्षेत्रका हाम्रा कयौ दाजुभाई दिदी बाहिनीहरुले भारतीय एसएसपीहरुबाट आतंकीत हुनु पर्दैन्थो होला ।

तर अर्को कुरा के भने आफु संग कला र गला छ भने त्यसले स्थान पाउदो नै रहेछ जसको उदाहरण हो अहिले म काम गर्दै गरेको रेडियो पश्चिमी नेपाल जहाँ मलाई रेडियो नागरिकबाट योजनाबद्ध ढंगबाट पारिश्रमिक समेत नदिएर हटाइएको दिन बाट नै काम गर्ने अवसर मिल्यो ।

यो युग आधुनिक भए संगै रेडियो पत्रकारिता पनि आधुनिक हुदै गएको छ । हिजो आकाशीय तरंगबाट मात्रै सुन्न सकिने रेडियो अहिले इन्टरनेटको माध्यमबाट समेत सुन्न सकिने भएको छ । रेडियो पत्रकारको बोली भाषा र लेखाई बोलाइ र हरेक प्रस्तुतिमा समेत आधुनिकीकरण बन्दै गएको छ ।

अत्यमा यो सन्दर्भमा मलाई रेडियो पत्रकारितामा डोर्याउनुहुने मेरो आत्मिय साथी कमल बुढा इमान्दार लाइ हृदयदेखी नै बिषेश आभार प्रकट गर्दै सम्झन चाहन्छु। जसले मेरो बाल्यकाल देखिको रेडियोकर्मी बन्ने सपना पुरा गर्न मद्दत गर्दै मलाई यो क्षेत्रमा यहा सम्म पुर्याउन धेरै सहयोग गर्नु भएको छ। उहासंग मैले धेरै कुरा सिकेको छु जुन म कहिलै भुल्न सक्दिन उहाको प्रेरणाको कारण म अहिले सम्म रेडियो पत्रकारिताबाट विचलित भएकी छैन । अझै पनी निरन्तर अशल रेडियोकर्मी बन्ने मेरो यात्रा निरन्तर जारी रहने छ ।

प्रतिक्रियाहरु