रेडपाण्डा प्रजनन केन्द्र स्थापना

२०७७ असार १२ गते, शुक्रबार

काठमाडौँ , १२ असार । इलामको सन्दकपुर गाउँपालिका १ स्थित टप्पुमा रेडपाण्डा प्रजनन् केन्द्र बनाउन थालिएकोे गाउँपालिका अध्यक्ष उदय राईले बताएका छन । पर्यटकको आकर्षणको रुपमा रहेको रेडपाण्डाको संख्या वृद्धि गर्न प्रजनन् केन्द्र बनाउन थालिएको बताइएको छ । रेडपाण्डाको संख्या वृद्धि गर्न स्थापना हुने प्रजनन् केन्द्रका लागि टप्पु सामुदायिक वन क्षेत्रमा पूर्वाधार निर्माण गरिँदै आएको छ । रेडपाण्डा पर्यटनको प्रवद्र्धन हुँदै आएको सन्दकपुर क्षेत्रमा गाउँपालिकाले दुई वर्ष अघि प्रजनन् केन्द्र बनाउन डिपिआर गरि संघीय सरकारसँग बजेट माग गरेको थियो । रेडपाण्डाको आहारमा प्रयोग हुने मालिङ्गो, बान्टेको जंगल रहेको डेढ सय रोपनी वन क्षेत्र छनौट गरि गाउँपालिकाकै खर्चमा पूर्वाधार निर्माण शुरु गरिएको थियो । साढे सात करोड खर्चमा बनाइने प्रजनन् केन्द्र वरिपरि अहिले पानी पोखरी र शौचालय निर्माण हुँदै आएको छ । प्रजनन् केन्द्र निर्माणका लागि संघीय सरकारले आर्थिक वर्ष २०७७/०७८ मा एक करोड बजेट छुट्टयाएको छ । पर्यटन प्रवद्र्धन गर्ने र लोपउन्मुख वन्यजन्तुको संरक्षण गर्न प्रजनन् केन्द्र बनाइएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार