रुसद्वारा युक्रेनका ३ वटा नौसैनिक जहाज कब्जा

२०७५ मंसिर १० गते, सोमबार

काठमाडौं, १० मंसिर । रुसले क्राइमिया प्रायद्विप नजिकैको समुद्रमा आक्रमण गरेर युक्रेनका तीनवटा नौसैनिक जहाज कब्जामा लिएको छ । रुसले युक्रेनी जहाज गैरकानुनी रुपमा आजोव सागरस्थित आफ्नो सीमामा घुसेकाले आक्रमण गरेर कब्जामा लिएकाेकाे दाबी गरेको छ । केही युक्रेनी जहाज चालक दलका सदस्य घाइते भएका छन्। दवै देशले एक एक अर्कालाई दोष लगाएका छन्। पछिल्लो संकट तब उत्पन्न भएपछी रुसले युक्रेनी पानीजहाजहरूलाई आफ्नो जलक्षेत्रमा अवैध तरिकाले पसेको आरोप लगाएकाे छ ।
रुसले आक्रमण गरेपछि युक्रेन रुष्ट भएको छ । युक्रेनका राष्ट्रपति पेट्रो पारोशेन्कोले रुसको ‘सन्की कदम’ भनेर आलोचना गरेका छन् । त्यसबारे छलफल गर्न उनले राष्ट्रिय सुरक्षा परिषदको आकस्मिक बैठक पनि आह्वान गरेकाे बीबीसीले जनाएकाे छ ।
यस घटनाबाट युक्रेनमा मार्शल ल (सैन्य कानुन) लागु गर्ने तयारी भइरहेको छ । युक्रेनको संसदमा यसमा आज भोटिङ हुनसक्ने बीबीसीको समाचारमा उल्लेख छ ।
युक्रेनद्वारा जारी विज्ञप्तिमा लेखिएअनुसार रुसका विशेष सुरक्षा बलले बन्दुक राखिएका युक्रेनका दुई डुंगा र डुंगालाई तान्ने एक जहाजलाई लखेट्दै आक्रमण गरेर कब्जामा लिएका छन् । यस घटनामा जहाजका ६ जना सदस्य घाइते पनि भएका छन् । युक्रेनको यो भनाइमा रुसको अझैसम्म कुनै प्रतिक्रिया आएको छैन । त्यसअघि रुसले युक्रेनका जहाज गैरकानुनी रुपमा आफ्नो सिमानामा छिरेकाले कब्जामा लिएको आरोप लगाएको थियो । युक्रेनले भने रुसले निकोपाल र बर्डियान्सक नामका ‘गन बोट’मा आक्रमण गरेर कब्जामा लिएको बताएको छ । यसअघि रुसले युक्रेनका पानी जहाजमा निगरानी गर्न दुई लडाकु विमान र दुई हेलिकोप्टर तैनाथ गरेको थियो ।

प्रतिक्रियाहरु