रुद्रपुर सामुदायिक वन कार्यलयमा तालाबन्दी

२०७५ असार १ गते, शुक्रबार

काठमाडौं , १ असार । रुपन्देहीको कञ्चन गाउँपालिकाको वार्ड नम्बर ४ मा रहेको रुद्रपुर सामुदायिक बनको कार्यलयमा नेकपाको जनपरिषदले तालाबन्दी गरेको छ । सामुदायिक वनले अामँ उपभोक्ताको ईच्छा र चाहाना विपरीत सिमित व्यत्तिले मनोमानी गरेको भन्दै रुपन्देहीको कन्चन गाउपालिका-४रुद्रपुरमा रहेको रुद्रपुर सामुदायिक वनमा तालाबन्दी गरेको छ। सामुदायिक बनले परिषदमुखि बिधानको नाममा झण्डै ४ हजार उपभोक्ता लाई वेवास्ता गरि सिमित व्यक्तिलाई हालिमुहमलि गर्न दिने बिधान अबैज्ञानिक भएको जनपरिषदले बताएको छ । सामुदायिक बन उपभोक्ता मुखि हुनु पर्नेमा उल्टो सिमित ब्यक्तिलाई मतधिकार दिएर उपभोक्ता हित विपरीत काम गर्ने परिषद मुखि बिधान तत्काल हटाएर अाम उपभोक्ताको सहभागितामा मात्रै समिति चयन गर्न परिषदले चेतावनी दिएको छ ।
कञ्चन जनपरिषदले एक विज्ञप्ति प्रकाशित गरि अामँ उपभोक्ताको सहभागिता नगरि अाफु खुसि समिति चयन गर्ने अाफुहरुलाई स्विकारे नहुने समेत बताएको छ । परिषदमुखि बिधान अबैज्ञानिक भएको भन्दै उपभोक्ताले शुरु देखि बिरोध समेत गर्दै अाएका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु