रुखबाट बिजुली !

२०७४ फाल्गुन १० गते, बिहीबार

काठमाडौं, १० फागुन । रुकुम मुसीकोट नगरपालिका ५ शेरिगाउँ स्थित मोर्डन रिसर्च कन्ट्रक्टसन एण्ड कन्सलटेन्सी प्रालिमा लेबल टु इलेक्ट्रिकल सव ओभरसियर पढिरहेका १० जना विद्यार्थीहरुले गुनामौरा नामक रुख र उक्त रुखमा रहेको लहराबाट विद्युत निकालेका छन् । रुख र लहराबाट १९ भोल्टको बिद्युत निकालिएको बिद्यार्थी जयवहादुर नाथले बताए । अघिल्लो वर्ष स्याउँ र आलुबाट विद्युत निकालिएकामा यो वर्ष रुखबाट विद्युत निकालिएको हो । उनका अनुसार, तामा र फलामको प्रयोग गरी विद्युत निकालियो । फलफुलबाट विद्युत निकाल्न सकिन्छ भन्ने सुनेका यस प्रालिमा अध्यनरत अघिल्लो व्याजका विद्यार्थीहरुले तामा र फलामकै प्रयोग गरेर अघिल्लो वर्ष आलु र स्याउँबाट विद्युत निकालेका थिए । तर, रुखबाट विद्युत निकाल्न सकिने कुरा कतैपनि नसुनेका विद्यार्थीले परिक्षण गर्दै जादा विद्युत निकाल्न सफल भएका हुन् ।
रुखबाट फलेको फलबाट विद्युत निकाल्न सकिन्छ भने रुखबाट निकाल्न सकिन्छ कि नाई भनेर परिक्षण गर्दै जादा विद्युत निकाल्न सफल भएको प्रालिका कार्यकारी निर्देशक भुवन नाथ जलनले बताए । ‘हामीले जंगलमा गएर धेरै रुखमा परिक्षण ग¥यौं, उनले भन, विभिन्न १० ओटा भन्दा बढी रुखबाट बिद्युत निकाल्न सकिएन, तर अन्तिममा गुनामौराको रुख र उक्त रुखमा बेरिएको लहराबाट विद्युत उत्पादन भयो ।’
रुख र लहराबाट निकालिएको विद्युतलाई सँगै जोड्दा १९ भोल्टको बिद्युत निस्किएको थियाे । रुख र लहराको भित्रि भागबाट धनात्मक र बाहिरी भागबाट ऋणात्मक करेन्ट निस्कियाे । रुख र लहराबाट छुट्टा छुट्टै विद्युत उत्पादन गरिएको हो । तर, पछि रुख र लहराबाट निकालिएको विद्युतलाई सँगै जोड्दा १९ भोल्टको बिद्युत निस्किएको नाथले बताए । रुख र लहराको भित्रि भागबाट धनात्मक र बाहिरी भागबाट ऋणात्मक करेन्ट निस्किएको थियो । सामान्य खर्चमै रुख र लहराबाट विद्युत निकालिएको बताईएको छ । उनिहरुले मुसीकोट नगरपालिकाको खारादह भन्ने ठाउँमा रहेको जंगलमा गएर विद्युत निकाल्दै रुखबाटपनि विद्युत निकाल्न सकिन्छ भन्ने पुष्टि गरेका छन् ।
विद्युतका लागि जल र सौर्यमा भर पुर्न परिरहेको अवस्थामा यस्ता सम्भाव्यता खोज्न सकेमा उर्जा संकटलाई कम गर्न सकिने विद्यार्थीहरुको भनाई छ ।
राज्यले यसतर्फ ध्यान दिन सकेमा जलविद्युत र सौर्य उर्जामा मात्र भर पर्ने अवस्थाको अन्त्य हुन सक्ने विद्यार्थीहरुले बताए । आफुहरुले आफ्नै सोँचमा खोज गरेर रुखबाट विद्युत निकाल्न सफल भएकाेमा अब राज्यले नयाँ खोज गर्नेहरुलाई विशेष प्रोत्साहन दिन सक्नुपर्नेमा उनीहरुले जोड दिए ।
अघिल्लो वर्ष नयाँ खोज गरेर फलफुलबाट विद्युत निकालेकामा यो वर्ष त्यो भन्दा अझै नयाँ खोज गरिएको प्रालिका कार्यकारी निर्देशक नाथले बताए । अब अर्को वर्ष झनै नयाँ खोज गरेर नयाँ उत्पादन गर्ने उनको भनाई छ । ‘केही नयाँ गर्न सकिन्छ भन्ने सोँचका साथ अगाडि बढिरहेको र सम्भव भएसम्म नयाँ नयाँ उत्पादन गर्दै जान्छौं, उनले भने, हाम्रो रिसर्च रोकिदैन अर्को वर्ष नयाँ उत्पादन गर्छौं ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार