रिसाहाको मृत्यु छिटो !

२०७४ मंसिर १२ गते, मंगलवार

काठमाडौ, १२ मंसिर । अमेरिकी वैज्ञानिकहरुको अनुसन्धानले धेरै रिस उठ्ने मानिसहरुको मृत्यु छिटो हुने गरेको देखाएको छ । भनिन्छ रिस खा आफु, बुद्धि खा अरु । अर्थात् रिसले आफैलाई खान्छ भने अरुलाई खानका लागि बुद्धि चाहिन्छ ।
लोवा बिश्वबिद्यालयमा गरिएको अनुसन्धान अनुसार बारम्बार रिसाउने मानिसमा रिस नउठ्ने मानिसको तुलनामा अकाल मृत्युको खतरा डेढ गुणा बढी हुन्छ ।
रिस गर्दा मानिसको शरीरमा विभिन्न खाले खतरनाक परिवर्तन हुन्छन्, जसमा तनावदेखि लिएर मनोरोग लगायतका हुन्छन् । रिसाहा मानिसको सरीरमा एड्रेनलाइन हर्मोन तिव्र गतिमा बग्छ । तनाव तथा रिसका समयमा यो हर्मोन पटक पटक रगतमा बग्नाले डिएनएमा असर पर्छ । यसले प्राणघातक रोग तथा मृत्यु समेत हुन सक्छ । धेरै रिस गर्ने मानिसमा निद्रा कम लाग्ने तथा मस्ष्ितकमा क्षति पुग्ने हुनसक्छ ।
धेरै रिसाहा मानिसमा टाउको दुख्ने समस्या हुन्छ । किनकी रिसले सरीरमा स्ट्रेस हर्मोनका साथसाथै एड्रेनलाइन र टेस्टोस्टेरोन हर्मोनको उत्सर्जन पनि बढ्छ ।
बढि रिसाहा मानिसमा फोक्सोको समस्या पनि बढि हुने अनुसन्धानले देखाएको छ । – एजेन्सी

प्रतिक्रियाहरु