राष्ट्र संघीय अन्तराष्ट्रिय स्वयम् सेवा आदानप्रदान सम्मेलनमा महाभूकम्पपछिको नेपालबारे छलफल

२०७४ पुष १ गते, शनिबार

काठमाडौं, १ पुस । बहुचर्चित बेल्ट एण्ड रोड परियोजनालाई आधार मान्दै चीनको राजधानी पैचिंगमा अन्तराष्ट्रिय श्वयंसेवा आदानप्रदान सम्मेलन सम्पन्न भएको छ । सम्मेलन उद्घाटन समारोहमा बोल्दै संयुक्त राष्ट्र संघीय श्वयंसेवक संस्थाका कार्यकारी संयोजक ओलिभिएर आदमले राष्ट्र संघीय श्वयंसेवकहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै वेल्ट एण्ड रोडको युगमा यो जीम्मेवारी अझै बढेको बताए ।
युएनडिपीका सहायक निर्देशक राज्य निर्देशक नेल्स नडसेनले नेपालमा सन् २०१५को महाभूकम्प पश्चात भोग्नु परेका समस्या र त्यसको निराकरणको लागि राष्ट्र संघीय श्वयंसेवकहरु गम्भिर रहेको बताए । साथै उनले नेपाललाई अझ पनि प्रयाप्त मात्रामा अन्तराष्ट्रिय सहयोग र समर्थनको खाँचो रहेको औल्याए । सो समारोहमा नेपालको तर्फबाट कार्यपत्र प्रस्तुत गर्नुहुँदै अरनिको समाजका वरिष्ठ उपाध्यक्ष डा. मनोजमान श्रेष्ठले स्थापनाकालदेखि नै अरनिको समाजले निस्वार्थ रुपमा श्वयंसेवा गर्दै आएको जानकारी दिए । सन् २०१५को महाभूकम्पमा अरनिको समाजले अहोरात्र भूकम्प पिडीतहरुको राहतको लागि स्वास्थ्य सेवा, खाद्यान्न, आवास तथा भौतिक निर्माण लगायतका क्षेत्रमा सहयोग गरेको बताए । साथै डा. श्रेष्ठले नेपाल–चीन सम्वन्ध विस्तारको लागि अरनिको समाजले कार्यशाला, छलफल कार्यक्रम, विभिन्न चिनिया वृत्तचित्रहरुको अनुवाद, साहित्यीक तथा समसामयीक पुस्तकहरुको प्रशासन गरिरहेको जानकारी दिए ।
उद्घाटन समारोह पश्चात आरम्भ भएको छलफल कार्यक्रममा बोल्दै अरनिको समाजका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठले महाभूकम्पपछिको नेपाल र नेपालमा कार्यरत अन्तराष्ट्रिय श्वयं सेवकहरुको भूमिका प्रशंसनिय रहेको भन्दै भूकम्प अघिकै अवस्थामा पुर्याउन नेपाललाई व्यापक आर्थिक तथा प्राविधिक सहयोग आवश्यक रहेको बताए ।
डिसेम्वर १२ देखि १५ सम्म सञ्चालन भएको ४ दिने सो सम्मेलनमा संयुक्त राष्ट्र संघीय श्वयंसेवक संस्थाका कार्यकारी संयोजक ओलिभिएर आदम, पैचिंग युथ लिगका महासचिव तथा पैचिंग श्वयसेवा महासंघका उपाध्यक्ष सियोङ्ग चुओ, राष्ट्र संघीय श्वयसेवा आवास संस्थाका संयोजक निचोलास रोजलिनी, युएनडिपीका सहायक निर्देशक राज्य निर्देशक नेल्स नडसेन, सिंगापुर अन्तराष्ट्रिय फाउण्डेशनका कार्यकारी निर्देशक जिनथान, चिनिया युवा विश्व विद्यालयका राजनीतिक अध्ययनका प्रोफेसर तथा पैचिंग श्वयसेवा अध्ययन संस्थाका अध्यक्ष लु सचन्, एटाडोस ब्राजिलका परियोजना व्यवस्थापक मारिना फ्रोटा, स्वेच्छा भारतका कार्यकारी निर्देशक विमलेन्दू कुमार, अन्तराष्ट्रिय संस्था डेला फ्रान्कोफोनियाका कार्यक्रम विज्ञ युभेस नासौरी लगायतले बेल्ट एण्ड रोड युगमा अन्तराष्ट्रिय श्वयंसेवकहरुको भूमिका र जीम्मेवारी महत्वपूर्ण रहेको बताए । – धनन्जय बूढा

प्रतिक्रियाहरु