राष्ट्रिय सुन्तला महोत्सव सुरू

२०७१ पुष ३ गते, बिहीबार

काठमाडौ । ‘फलफूलको राजधानी खोकु जाऔं, एसियाकै रसिलो र गुलियो सुन्तला खाऔं’ भन्ने नाराका खोकुमा प्रथम राष्ट्रिय सुन्तला महोत्सव बुधबारबाट धनकुटामा सुरु भएको छ । महोत्सवको उद्योगमन्त्री महेश बस्नेतले उद्घाटन गरे ।मन्त्री बस्नेतले खोकुमा उत्पादिन सुन्तलाको अन्तराष्ट्रिय बजारीकरणका साथै स्थानीय स्तरमा कोल्ड स्टोर, सडक पूर्वाधार र सुन्तला प्रसोधन केन्द्र स्थापनामा सरकारले सहयोग गर्ने बताए । बर्तमान सरकारले कृषिलाई प्राथमिकतामा राखेर अनुदान र यूवा स्वरोजगारका कार्यक्रम ल्याएकाले निर्वाहमुखि कृषिमा अलमलिनु पर्ने समयको अन्त्य हुन लागेको बताए ।
सरकारले उत्पादनलाई ब्यबशायीक बनाउन दिर्घकालिन निति ल्याएर भरमग्दुर प्रयास गरिरहेको बताए । सुन्तलाको बजार सुनिश्चीतता र मूल्यमा किसान नठगिने वातावरण सिर्जना गर्न कृषि कार्यालयलाई निर्देशन पनि दिएका छन ।महोत्सवमा जिल्ला कृषि विकास कार्यालयले वाली उपचार शिविर राखेको छ । राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारिपात्लेका कृषि वैज्ञानिकहरुले स्टल राखेरै सुन्तलामा लाग्ने रोग, त्यसको निदान र ब्यबशायीक उत्पादनका लागि चाहिने मलखाद र वातावरणबारे किसानलाई जानकारी दिइरहेका छन् । रसिलो सुन्तला उत्पादनका लागि कहलिएको खोकुमा बुधबारबाट सुरु भएको महोत्सव ३ दिनसम्म चल्नेछ ।
महोत्सवले उत्पादित यहाँ सुन्तला अन्तराष्ट्रिय बजारीकरणका टेवा पुग्ने आयोजक संयोजक भीमलाल राईले बताए । महोत्सवमा खोकु, आँखिसल्ला र छिन्ताङ्ग लगायत खाल्सा क्षेत्रमा उत्पादित सुन्तलाका २ दर्जन स्टल छन् । खोकुका ८ सय ३४ मध्ये ७ सय किसान परिवार सुन्तला खेतिमा आश्रीत छन् । दुई सय ५० बर्ष पुराना बोट भएको बताइने खोकुबाट मात्रै बाषिर्क ६ करोड ५० लाख रुपैयाँको सुन्तला बिक्रिहुने गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार

नेप्से १५.४१ अंकले घट्यो !

२०८१ बैशाख १० गते, सोमबार