राष्ट्रिय लाखे महोत्सव हुने

२०७१ भाद्र २२ गते, आईतवार


काठमाडाै, भदाै २२- चितवनमा हुन लागेको चौथौ राष्ट्रिय लाखे महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवका सहभागी हुनको लागि अहिलेसम्ममा ३५ समूहले नाम दर्ता गरी सकेको आयोजक संस्था नारायणी यातायात व्यवसायी संघले जनाएको छ ।साेमबार शुरु हुने लाखे महोत्सवमा अाइतबार बेलुकी ५ बजेसम्म नाम दर्ता गर्न सकिने महोत्सवका संयोजक राजेन्द्र कुमार पियाले जानकारी दिए ।
उपत्यकाबाट पनि चार समूहले महोत्सवमा भाग लिन लागेको पियाले बताए । संघका अनुसार प्रतियोगितमा पहिलो हुने समूहलाई ७० हजार रुपैयाँ, दोश्रोलाई ५० हजार, तेश्रोलाई ३५ हजार र सान्त्वनालाईं २० हजार नगद पुरस्कार दिइनेछ । त्यस्तै उत्कृष्ट भेषभुषा, उत्कृष्ट बाद्यबादन र उत्कृष्ट समूहको लागि पनि १०/१० हजार रुपैंया पुरस्कार दिइनेछ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार