राष्ट्रिय योग दिवस मनाइँदै

२०७३ माघ १ गते, शनिबार

काठमाडौँ, १ माघ । आज माघ १ गते दोस्रो राष्ट्रिय योग दिवस । सरकारी तथा योगसँग सम्बन्धित बिभिन्न गैरसरकारी संघ सस्थाले बिबिध कार्यक्रम गरी मनाईदैछ । गत बर्ष अर्थात २०७२ साउन २८ गतेको मन्त्रिपरिषद्को बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गरेपछि यो दिवश सरकारी पक्षबाट नै मनाउन थालिएको हो । गत वर्ष पहिलो राष्ट्रिय योग दिवस मनाइएको थियो । आज शिक्षा मन्त्रालयले बिशेष कार्यक्रममाको आयोजना गदैछ । वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको कथन छ । प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवम् स्थिरता र आरोग्यताको प्राप्ति हुने बिश्वासका साथ आजका दिन यो दिवस मनाउन थालिएको हो ।

प्रतिक्रियाहरु