राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नयाँ वेबसाइट

२०७४ फाल्गुन ९ गते, बुधबार

काठमाडौं, ९ फागुन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणबारे सबैलाई जानकारी दिने उद्देश्यले नयाँ वेबसाइट सन्चालनमा ल्याएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले ‘प्रोजेक्ट मनिटरिङ इन्फरमेसन सिस्टम’को बुधबार उद्घाटन गरे । उनले पुनर्निर्माणसम्बन्धी सबै जानकारी एकै स्थानबाट गराउन वेबसाइट सन्चालनमा ल्याइएको बताए । वेबसाइटमार्फत् पुनर्निर्माणसम्बन्धी कामको अनुगमन र मूल्यांकन गर्न सहज हुने उनको भनाइ छ । प्रमुख कार्यकारी अधिकृत भुसालले दातृनिकाय एवं दाताले पुनर्निर्माणका लागि दिएको सहयोगबारेसमेत जानकारी लिनसकिने स्पस्ट पारे ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु