राष्ट्रपति चीन जादै

२०७१ चैत्र १२ गते, बिहीबार

काठमाडौं, १२ चैत । राष्ट्रपति डा.रामवरण यादव बोआओ एसिया फोरमको वार्षिक सम्मेलनमा सहभागि हुन आज मित्रराष्ट्र चीनको भ्रमणमा जाँदै छन् । चीनको हेनान प्रान्तस्थित बोआओ शहरमा हुने कार्यक्रममा सहभागि हुनुहुने राष्ट्रपति यादवले चिनियाँ समकक्षी सी जिनपिङसँग पनि भेटवार्ता गर्नेछन् ।
राष्ट्रपति यादवसँग शहरी विकास मन्त्री डा.नारायण खड्का, परराष्ट्र सचिव शंकरदास बैरागीलगायत जानेछन् । राष्ट्रपति यादवको भ्रमणका क्रममा चीनले नेपाललाई १४ अर्बभन्दा बढीको आर्थिक प्याकेज दिने बताइएको छ ।
राष्ट्रपति यादवले चिनियाँ समकक्षी सी जिनपिङसँग चीनको हेनानमा भेटवार्ता गर्ने क्रममा उक्त सहयोग प्याकेज घोषणा हुने तयारी गरिएको जनाइएको छ । बोआओ फोरम फर एसियामा सहभागी हुन जान लागेका राष्ट्रपति डा.यादव यसअघि अक्टोबर २०१० मा भएको सांघाई एक्सोमा पनि सहभागि भएका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु