राष्ट्रपतिमाथि अण्डा बर्सिएपछि…..

२०७१ मंसिर २ गते, मंगलवार


काठमाडौं । चेक गणराज्यमा साम्यवादी शासन अन्तय गर्ने भेल्भेट रेभोल्युशनको २५औं वर्षगाँठका अवसरमा आयोजित कार्यक्रममा प्रदर्शनकारीले राष्ट्रपति मिलोस जेमनमाथि अण्डा वर्षाएका छन् ।प्रदर्शनकारीहरुले राष्ट्रपति मिलोस जेमनले रुसप्रति आवश्यकताभन्दा बढी सहानुभूति राखेको भन्दै अण्डा प्रहार गरेका हुन् । भेल्भेट रेभोल्युशनको सुरुवात १७ नोभेम्बर १९८९ सम्म भएको थियो । जतिबेला विद्यार्थीहरुको प्रदर्शनमा प्रहरीले आक्रमण गरेको थियो । त्यसलगत्तै पुरै चेक गणराज्यमा प्रदर्शन सुरु भएको थियो । जसले साम्यवादी शासनको अन्त्य गरेको थियो ।
चेक गणराज्यमा कयौले मानवअधिकारलाई बढावा दिनेजस्ता क्रान्तिका कतिपय लक्ष्यलाई राष्ट्रपति मिलोस जेमनले बिर्सेको मान्ने गरेका छन् ।
जेमनमाथि रुस र चीनप्रति निकट रहेको आरोप पनि लाग्ने गरेको छ। कार्यक्रममा ‘हामी रुसको उपनिवेश बन्न चाहन्नौं’ भन्ने नारासमेत लगाइएको थियो । राष्ट्रपतिमाथि आक्रमण भएपछि उनका समर्थकहरुले पनि प्रदर्शन गर्ने भएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु