राष्ट्रपतिको विरोध गर्दा १८ महिना जेल !

२०७४ माघ ३ गते, बुधबार

काठमाडौं, ३ माघ । सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रपतिको विरोध गरेको आरोपमा एक युवालाई १८ महिनाको जेल सजाय सुनाइएको छ । इन्डोनेसियाको सुमात्रा निवासी १८ बर्षिय एक युवाले नक्कली आइडी मार्फत राष्ट्रपति जाको विडोडोलाई गाली गलौज गरेको पाइएपछि उनलाई पक्राउ गरी जेल सजाय सुनाइएको हो । उनले फेसबुकमार्फत आफूलाई हिम्मत भए पक्राउ गर्न सुरक्षाकर्मीलाई चुनौतीसमेत दिएका थिए ।
उनको पक्राउले सामाजिक सञ्जाल प्रयोग गर्नेहरु समेत सचेत भएका छन् । पक्राउका क्रममा ती युवाले आफ्नो गल्ती स्वीकार गर्दै सजाय भोग्न तयार रहेको प्रतिक्रिया दिएका थिए ।- एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार