राष्ट्रपतिको राजीनामा माग गर्दै प्रदर्शन

२०७४ मंसिर ३ गते, आईतवार

काठमाडौं, ३ मंसिर । जिम्बाबेको राजधानी हरारेमा राष्ट्रपति रोबर्ट मुगाबेको राजीनामा माग गर्दै हजारौं नागरिक सडकमा उत्रिएका छन् । राष्ट्रपति मुगाबेकोे पकड अन्त्य गर्न सेना सफल भएको भन्दै उनीहरुले राष्ट्रपतिको राजीनामा माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनकै क्रममा प्रदर्शनकारीले राष्ट्रपति मुगाबेबिरुद्ध नारा लगाउनुका साथै पुत्ला दहन गरेका छन् । प्रदर्शनकारीहरुले राष्ट्रपति मुगाबेको कार्यालयदेखि उनको घरसम्म र्‍याली निकालेका छन् । राष्ट्रपति मुगाबेले गत साता उपराष्ट्रपति इमरसन मनंगावालाई पदच्यूत गरी आफ्नी पत्नी ग्रेस मुगाबेललाई उपराष्ट्रपति बनाएका थिए ।
यसैबीच जिम्बावेको सरकारी टेलिभिजनले मुगाबेले सेना प्रमुखसँग आज भेट गर्ने जनाएको छ । मुगाबेलाई अन्तिम समयसम्म साथ दिएका संघर्षका योद्धाहरुले पनि मुगावेले सत्ता छोड्नुपर्ने माग गरेका छन् । गत बुधवार सेनाले शक्ति हातमा लिएपछि ९३ वर्षीय मुगाबे घर मै नजरबन्दमा छन् । नजरबन्दपछि शुक्रवार उनी पहिलो पटक सार्वजनिक समारोहमा देखिएका थिए । ३७ वर्ष सत्तामा रहेका मुगाबेले आफ्नो उत्तराधिकारी छान्ने क्रममा शक्ति संघर्ष देखिएपछि सेनाले पछिल्लो कदम चालेको हो । सन् १९८० मा बेलायतबाट स्वतन्त्र भएपछि जिम्बावे मुगाबेको नेतृत्वमा थियो ।- एजेन्सी

प्रतिक्रियाहरु