राष्ट्रघाती र जनघातीलाई जनकारबाही गर्न निर्देशन

२०७६ भाद्र ३१ गते, मंगलवार

काठमाडौं , ३१ भदौ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपाल, भेरी- कर्णाली व्युरो अन्तर्गत विशेष जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । रास्ट्रघाती, जनघाती र फासिवादी राज्यका विरुद्ध युवाहरुले ससक्त प्रतिरोध गरौं ! एकीकृत जनक्रान्ती मार्फत वैज्ञानिक समाजवाद स्थापनाका लागि प्रथम भेला सफल पारौं !! भन्ने मुल नाराका साथ जिल्ला भेला सम्पन्न भएको बताइएको छ । भेलाको प्रमुख अतिथी युवा संगठन नेपालका केन्द्रिय समितीका उपाध्यक्ष दिनेशले वर्तमान केपि प्रचण्डको कथित नामधारी कम्युनिस्ट सरकार भ्रस्टाचारीहरुको संरक्षण गर्ने, दलालिहरुलाई लाईसेन्स दिने र रास्ट्रघाती र जनघातिलाई माया गरेर राखेकोले आजका युवाहरुले भ्रष्टाचारी, रास्ट्रघाती र जनघातिलाई जनताको कठ्घरामा ल्याएर जनकारबाही गर्नु पर्ने बताए । साथै उनले भ्रस्टाचारीलाई जहाँ देख्यो त्यहि कार्वाही गर्न पनि निर्देशन दिएका थिए ।
वैज्ञानिक समाजवाद ल्याउन अहिलेको दलाल पुँजिवादी सत्ता र संसदिय व्यवस्थालाई पल्टाउन एकीकृत जनक्रान्तिको बाटो वैज्ञानिक र वस्तुवादी कार्यदिशा भएकोले युवाहरु क्रान्तिको बाटोमा अविचलित अघि बढ्न आह्वान गरे । विशेष अतिथी तथा जिल्ला इन्चार्ज हिमशिखरले समाजमा हुने हरेक खालका विकृती विसंगति बढ्दै गएको हुनाले युवा संगठनले त्यसका विरुद्ध सामाजिक सुरक्षामा खट्न र मालेमावादको रक्षा र विकाससंगै विज्ञान र प्रविधिलाई जोड्दै बाँकी क्रान्तिको अधुरो काम पूरा गर्नु पर्ने बताएका थिए ।
भेलाले तिलकको अध्यक्षतामा ११ सदस्यीय कमिटी सर्वसम्मत निर्वाचित गरेको छ । भेलामा जिल्ला सेक्रेटरी महेश, जनसरकार प्रमुख संदेश, युवा संगठन नेपालका केन्द्रिय सदस्य दिपले शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रमको अध्यक्षता तिलक पौडेलले गरेका थिए भने सन्चालन सिद्धार्थले गरेका थिए । भेलाले तिलकको अध्यक्षतामा ११ सदस्यीय कमिटी सर्वसम्मत निर्वाचित गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु