रामचन्द्र पौडेललाई लक्षित गरी बम प्रहार

२०७४ मंसिर २ गते, शनिबार

काठमाण्डौ , २ मंसिर । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई लक्षित गरी तनहुँको भानु १० नेपाल डाँडामा प्रेसर कुकुर वम प्रहार भएको छ । आज अपरान्ह ३ बजे पौडेललाई लक्षित गरी वम प्रहार भएको उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । बम प्रहारबाट गाडीको सिसा फुटेको छ । पौडेल भने सुरक्षित छन् ।
यसैगरी, ओखलढुंगामा नेकपा एमाले र माओवादी केन्द्रका कार्याकर्ता चढेको गाडीलाई लक्षित गरेर बम विस्फोट भएको छ । शनिबार विहान ओखलढुंगाको सुनकोशी गाउँपालिका–७ स्थित च्यानमको पाथिभरा जंगल नजिकै बम विस्फोट भएको बताइएको छ । सदरमुकाममा एमाले–माकेको चुनावी सभा हुँदैछ । सभा जान लागेका कार्यकर्ता चढेको गाडीलाई लक्षित गरी बम विस्फोट भएपनि कुनै मानविय क्षति नभएको प्रहरीले बताएको छ । चुनावीसभामा एमाले नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका नेता रामबहादुर थापाले सम्बोधन गर्ने कार्यक्रम छ । त्यसैगरी अाजै नेपाली कांग्रेसले चुनावीसभाको अायोजना गरेको छ । तीन पार्टीका कार्यकर्ता अाउँने विभिन्न ठाउँमा बम विस्फोट भएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु