राधाकृष्ण रथयात्राको तयारी अन्तिम चरणमा

२०७३ भाद्र ६ गते, सोमबार

काठमाडौं, ६ भदौ । बिराटनगरको एैतिहासिक राधाकृष्ण रथयात्राको तयारी अन्तिम चरणमा पुगेको छ । ८५ वर्षको इतिहास बोकेको श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट गरिने रथयात्राले निकै ठुलो महत्व राखेको छ । यस वर्ष भदौ १० गते रथयात्रा निकालिने छ । यस वर्ष ५ लाखले रथयात्रामा सहभागी हुने अनुमान गरिएको छ । रथयात्रालाई भव्य बनाउन यस वर्ष हेलिकप्टरबाट फूल र अबिर बर्साइने भएको छ। रथयात्रामा फूल र अबिर बर्साउने जिम्मेवारी पूर्व सभासद एंव उद्योगी मोती दुगडलाई दीएको छ । उनले यसका लागि आवश्यक पहल भइरहेको बताएका छन । रथयात्राका क्रममा एक हजार बढि सुरक्षाकर्मी परिचालन गरिने आयोजकले बताएका छन । रथयात्रा सम्पन्न गर्न विभिन्न समिति र उपसमिति बनाइएको रथयात्रा समारोह समितिका अध्यक्ष बाबुराजा ओझाले बताए ।

प्रतिक्रियाहरु