‘रात फुलेको याम’ बजारमा

२०७१ श्रावण ११ गते, आईतवार

काठमाडौं । वाइसीएल नेपालका प्रबक्ता रामप्रसाद सापकोटा ‘दीपशिखा’ को उपन्यास ‘रात फुलेको याम’ बजारमा उपलब्ध भएको छ । माओवादी जनयुद्धकाल देखि नै राजनीतिमा सक्रिय नेता दीपशिखाले लेखेको उपन्यास शनिबार एमाओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीले विमोचन गरे । विमोचन कार्यक्रममा कार्यक्रममा बोटगीले नेपाली प्रगतिवादी साहित्य क्षेत्रले १० वर्षे सशस्त्र जनयुद्धलाई नजिकबाट बुझ्न र मनन गर्न लायक कृति पाएको बताए ।जनयुद्धबाट प्राप्त राजनीतिक, समाजिक र सांस्कृतिक उपलब्धि धरापमा पर्ने खतरा बढिरहेका बेला सर्जकहरुले आफ्ना विधामार्फत त्यसको जर्गेना गर्नुपर्नेमा उनले जोड दिए ।
बिगतमा पत्रकारिता पेशामा समेत संलग्न रहेका दीपशिखाको उक्त उपन्यासमाथि टिप्पणी गर्दै बरिष्ठ पत्रकार किशोर नेपालले नेपाली समाजको यथार्थ तस्विर सरल भाषामा उपन्यासमा समेटिएको बताए ।
समालोचक डा. रमेश भट्टराईले जनयुद्धको विद्रोह र करुणालाई उपन्यासमा सरल भाषामा उठाइएको बताए ।सांग्रिला बुक्स प्रालिले प्रकाशन गरेको उक्त उपन्यास २६ भाग सहित २२८ पृष्ठमा समेटिएको छ ।
दीपशिखाले पछिल्लो जनआन्दोलनमा राजधानीमा स्याउला लिएर देखा परेका माओवादी नेता कार्यकर्ताबाट उपन्यासको सुरुवात गर्दै जनयुद्धमा भएका घटनालाई समेटेका छन् ।

प्रतिक्रियाहरु