रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु

२०७६ बैशाख २२ गते, आईतवार

काठमाडौं, २२ वैशाख । रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ । आज ललितपुरको टंगालबाट रथायात्रा सुरु भएको हो । रातो मच्छिन्द्रनाथलाई टंगालबाट बाजासहित पुल्चोक लगिनेछ। त्यसपछि विधिपूर्वक पूजा गरी रथारोहण गरेपछि रथयात्रा सुरु हुनेछ । मच्छिन्द्रनाथको रथलाई लिन मीननाथको रथ पुल्चोक पुगेपछि मच्छिन्द्रनाथ र मिननाथको दुवै रथ तान्न सुरु गरिन्छ । रातो मच्छिन्द्रनाथको रथमा नौवटा खट हुन्छन् भने मीननाथको रथमा १० वटा खट हुन्छन् । गाबहालसम्म मच्छिन्द्रनाथको रथको अघिअघि मीननाथको रथ तानिन्छ ।
यही वैशाख २५ गते स्थानीयले रथलाई पुल्चोकबाट तानेन गाबहाल र्पुयाउनेछन्। गाबहाल पुगेपछि मच्छिन्द्रनाथको रथलाई अगाडि राखेर नगर परिक्रमा गराउने परम्परा छ। रथलाई जेठको तेस्रो हप्तासम्ममा जावलाखेल पु¥याउने गुठी सस्थानले जनाएको छ । रथ जावलाखेल पुगेको चौथो दिन भोटो देखाएर यात्रा समापन गरिन्छ ।

प्रतिक्रियाहरु