रातो खुर्सानीले हृदयघातबाट बचाउने !

२०७३ असार ८ गते, बुधबार

काठमाडौं, ८ असार । रातो खुर्सानी हृदयघातबाट बचाउन तत्काल काम लाग्न सक्दछ । हालै गरिएको एउटा अध्ययनका अनुसार रातो खुर्सानी हृदयघातबाट बचाउन तत्काल काम लाग्न सक्ने देखिएको छ । cayenne pepper अर्थात रातो खुर्सानी हरेक भन्सामा पाइने गर्दछ । यदि तपाईको वरपर कसैलाई हृदयघात भयो भने तब तपाईसँग रातो खुर्सानीका रुपमा एक मिनेटमा ज्यान बचाउने सजिलो र अचुक उपाय छ । रातो खुर्सानीको विशेष गुणका विषयमा धेरै शोध भइसकेको छ। शोधकर्ताहरुले यसमा कयौ आश्चर्यजनक गुण पाएका छन् । एक प्रसिद्ध हर्बल उपायबाट उपचार गर्ने चिकित्सकका अनुसार उनको ३५ वर्ष लामो करिअरमा उनका सामु हृदयघातका कयौ विरामीको ज्यान बचेको छ। जसमा रातो खुर्सानीको प्रयोगबाट बनेको घोल सबैभन्दा बढी काम लागेको छ। रातो खुर्सानीमा पाइने विशेष गुण यसमा हुने स्कोभाइल (Scoville) का कारण हुने गर्दछ । रातो खुर्सानीमा कम्तीमा पनि ९०,००० युनिट स्काभाइल पाइने गर्दछ ।
यदि कसैलाई हृदयघात भएको देख्नु भयो भने एक चम्चा रातो खुर्सानी एउटा ग्लास पानीमा मिलाएर विरामीलाई दिनुस् । एक मिनेटभित्रै विरामीको अवस्थामा सुधार आउनेछ । यो खुर्सानीको झोलको असर मात्र एउटा अवस्थामा हुन्छ, जसमा विरामी होसमा भने हुनु पर्नेछ । यस्तो अवस्थामा जुन विरामी बेहोसी अवस्थामा हुन्छन् अन्य उपाय अपनाउनु आवश्यक छ। रातो खुर्सानीको जुस बनाएर यसको केही थोपा विरामीको जिब्रोमुनि राख्दा पनि विरामीको अवस्थामा तिब्रताका साथ सुधार आउने गर्दछ ।
रातो खुर्सानीमा एउटा शक्तिशाली उत्तेजक पाइन्छ । जसका कारण यसको प्रयोगबाट मुटुको गति बढ्ने गदएछ । यसका साथै रक्त प्रवाह शरीरको हरेक हिस्सामा हुन लाग्छ । यसबाट हेमोस्टेटिक प्रभाव हुन्छ, जसबाट रगत निस्कन तत्काल बन्द हुन्छ । रातो खुर्सानीको प्रभावका कारण हृदयघातका क्रममा विरामीलाई ठिक हुन सहयोग पुग्ने गर्दछ ।- एजेन्सी

प्रतिक्रियाहरु