राति १० बजेपछि देउसीभैलो खेल्न नपाइने

२०७३ कार्तिक ९ गते, मंगलवार

काठमाडौँ, ९ कात्तिक । गृह मन्त्रालयले तिहारका अवसरमा खेलिने देउसी तथा भैलो लगायत सांस्कृतिक कार्यक्रम राति १० सम्म मात्र गर्न आग्रह गरेको छ ।
मन्त्रालयले विज्ञप्ति जारी गरी रातको समयमा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिले शान्ति सुरक्षामा प्रतिकूल असर पु-याउन सक्ने जनाउँदै १० बजेपछि त्यस्ता कार्यक्रम नगर्न आग्रह गरेको हो । मन्त्रालयले तिहार र छठ जस्ता पर्वमा भुइँचम्पा, पटाका र आतिसबाजी जस्ता विस्फोटक पदार्थको प्रयोगबाट स्वास्थ्यमा प्रतिकूल असर पर्न जाने भएकाले तिनको उत्पादन, आयात, निर्यात तथा बिक्रीवितरण नगर्न पनि सूचना जारी गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार