‘राति सुत्दा पनि आँखामा पट्टी लगाइयो’

२०७५ आश्विन २२ गते, सोमबार

काठमाडौं, २२ असोज । नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई सरकारले गिरफ्तार गर्ने, हिरासतमा गैरकानूनी थुनामा राख्ने र झुठा मुद्दा लगाउने गरिएको समाचार निरन्तर सार्वजनिक भइरहेका छन् ।
यस्तैबिच नेकपाका नेता कार्यकर्ता रिहा हुने र हिरासत र अदालतबाटै पुनः गिरफ्तार गर्ने र फेरि अर्को जिल्लामा पुर्याएर अभियोग लगाउने गरिएको पनि समाचारहरु प्रशस्त आइरहेकै छन् । त्यसक्रममा बन्दीहरुमाथि राज्यबाट भएका मानवअधिकार र कानूनीअधिकारको गम्भीर उल्लंघनका घटनाहरुपसार्वजनिक भएको छ ।
यसैबीच काठमाडौं, बर्दिया, कैलाली, बाँके र दाङ गरी ९५ दिन लामो हिरासतमा बसेर यही असोज १९ गते सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथिको बहसपछि दिएको थुनामुक्त आदेशबाट रिहा भएका नेकपा पोलिटब्यूरो सदस्य ओमप्रकाश पुनले हिरासतभित्र भोग्नुपरेको दर्दनाक अवस्थाबारे खुलस्त गरेका छन् । गएको असार १९ गते साँझ ६ बजे लाजिम्पाटबाट गिरफ्तार गरिएका पुनलाई २७ गतेसम्म राखियो र जहाँ सार्वजनिक मुद्दा लगाइयो । त्यसपछि असार २८ गते बर्दिया पुर्याइयो र त्यहाँ साउन १५ सम्म राखियो । त्यहाँ ‘विष्फोटक पदार्थ’ मुद्दा लगाइयो, त्यसबाट पनि उनले उन्मुक्ति पाए । त्यसमा पनि उनी रिहा भए । त्यसपछि लगत्तै पुनः गिरफ्तार गरी सोही दिन कैलाली लगियो । त्यहाँ भदौ २१ गतेसम्म राखियो । त्यहाँ ‘बम विष्फोट’ र ‘ज्यान मार्ने उद्योग’सम्बन्धी कसुर गरेको अभियोग लगाइयो । त्यहाँ उनी धरौटीमा रिहा भए ।
त्यहाँबाट रिहालगत्तै पुनः गिरफ्तार गरी साउन २१ गते नै बाँके लगियो र त्यहाँ आगजनीको मुद्दा लगाइयो । त्यहाँ उनलाई असोज ७ गतेसम्म राखियो । त्यहाँबाट सुद्ध तारिखमा छाडियो र छाडेलगत्तै पुनः गिरफ्तार गरी दाङ पुर्याइयो । त्यहाँ ‘बम विष्फोट’ र ‘कर्तव्य ज्यान’को मुद्दा चलायो । सोही विषयमा सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट पर्यो र रिटमाथिको सुनुवाईबाट रिहा भएका हुन् । त्यहाँबाट सरकारले पुनः गिरफ्तार गर्ने साहस गरेन । रिहा भए ,तर उनलाई काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्यूरोका सादा पोशाकका प्रहरीले गिरफ्तार गरेको थियो । त्यसपछि गिरफ्तारको पहिलो रातभर मानसिक यातना चरम रुपमा दिएको उनको भनाई छ । पार्टीको जिम्मेवारीबारे निकै केरकार गरिएको र पार्टी नेतृत्वबारे धेरै प्रश्न गरिएको थियो । त्यो पाएपछि उनले आफूले करकापमा बयान नदिने र झुठा अभियोग स्वीकार्न बाँध्य नपार्न भनेपछि बयान लिन खडा भएका अधिकृतहरु पछाडि हटेको उनको अनुभव छ । भोलिपल्ट प्रहरी चौकीमा पुर्याउनुअघिसम्म उनलाई हत्कडी र आँखामा कालो पट्टी बाँधेरै राखियो । राति सुत्ने बेला खानेकुरा खानेबेला समेत पट्टी नखोलिएको उनले बताए । क्रान्तिकारी पत्रकार संगठनले शनिबार राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेता पुनले हिरासतभित्र रहेका बन्दीहरुको मानवअधिकारको गम्भीर भइरहेको कुर खुलस्त गरेका । ‘कट्टरपन्थीले जसरी हामीलाई सुत्दा, खाँदासमेत आँखामा पट्टी लगाइयो । समयमा पानी खाना र खानेकुरा दिइएनन् । यसबाट पनि सरकार मानवअधिकारको रक्षामा कति चरम गैरजिम्मेवार छन् भन्ने प्रमाण दिन्छ’ उनले प्रश्न गरे, ‘३०÷३२ जना बन्दी राख्ने (अटाउने) एउटा कोठा ९७ जनासम्म बन्दीलाई राखिएको छ । यही राज्यले मानवअधिकारको पालना गरेको ?’ त्यसरी बन्दीलाई टुसुक्क बस्ने ठाउँमा रहेको हिरासत बाँकेमा भएको उनको भनाई छ ।
आफू पुगेको सबै जिल्लाका हिरासतको अवस्था भयवह रहेको बताए । बाँकेको हिरासत बन्द कोठा भएको र बन्दीले अक्सिजन समेत पूर्णरुपमा प्राप्त गर्न कठिन रहेको बताए । कुखुराका खोरभन्दा पनि तल्लो स्तरको हिरासतहरु रहेको उनले बताए । हिरासत छेउबाटो भएर हिड्ने मानिसहरु दुर्गन्धले नाक, मुख थुनेर हिड्ने गरेको पाइएको अनुभति बताए । राष्ट्रिय मानवधिकार र संचारकर्मीलाई हिरासत र कारागारको अवलोकन र अनुगमन गर्न आग्रह गरेका छन् ।
हिरासतभित्रको भयवह र दर्दनाक अवस्थाबारे पुस्तक लेखेर वर्तमान सामाजिक दलाल फासीवादी सरकार’को भण्डाफोर गर्ने पनि उनले जानकारी दिएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु