राज्य युद्धको तयारी गर्दैछ : विप्लब

२०७२ श्रावण २ गते, शनिबार

दोहा । नेकपा माओबादीका महासचिब नेत्रबिक्रम चन्द विप्लबले संबिधान सिंहदरबारबाट मात्रै नभएर रोल्पाबाट पनि आउन सक्ने उद्घोष गरेका छन् । नेपाली जनप्रगतिशील मोर्चाको पाँचौ अधिबेसनको कतारमा उद्घाटन गर्दे उनले उक्त उद्घोष गरेका हुन् । महासचिब विप्लबले संबिधान त आँउला तर कतिवटा भन्दै
उनले सिंहदरबारबाट पनि आउला अनि रोल्पाको थवाङबाट पनि आउन बेर छैन भन्दै नेपाली जनतामा देखिएको असन्तुष्टीलाई प्रमुख दलहरुले ठीक ढंगले संबोधन गर्न नसकेमा बिद्रोहलाई कसैलाई रोक्न नसक्ने ठोकुवा गरे । ‘बरु ज्यानलाई खरानी बनाइन्छ, आत्मसमर्पण गरिदैन’, विप्लबले भने, ‘युद्धको तयारी हामीले होइन । राज्यले गर्दैछ ।’उनले संबिधानभन्दा राजनैतिक प्रणालीको बहस महत्वपूर्ण भएको बताए । ‘माओवादी र दलहरुबीच रोल्पाको भएका सहमतिहरु कार्यान्वयन आउनुपर्छ । नयाँ राजनैतिक सभा बनाएर अगाडि बढ्नुपर्छ’, उनले भने, ‘हामीलाई चुनौती भयो भने युद्ध त हुन्छ नै । फुल फुल्दा पनि बारुद्धको गन्ध आउने युद्ध हुन्छ । आफ्नो देश बनाउन मरिन्छ भन्ने डर छैन । बाँच्नकै लागि त कतारको भिल्ला बनाउदा पनि नेपाली मरेका छन् नी ।’
‘अहिलेको संबिधानको मस्यौदा अन्तरिम संबिधानबाट पनि पछि फर्केको छ,’ उनले भने, ‘१६ बुदे सहमति गर्ने दलहरु समेत यसप्रति सन्तुष्टी छैनन् । नेताहरुले गल्ती गरेपछि देशले मूल्य चुकाउनुपर्छ । जनताले चुकाउनुपर्छ ।’
महासचिब विप्लबले जनतालाई अधिकार दिने पक्षमा सत्तामा बसेका दलहरु इमान्दार नभएको बताए । ‘जनतालाई हित हुने बिषयमा दलहरु हिच्किचाउन नहुने थियो । यो मस्यौदाबाट जनजाति, युवा, मधेस, किसान, महिला कोही सन्तुष्ट छैन’, उनले भने, ‘नेपालको जस्तो पुरानो संरचना छ । त्यस्तै छ । त्यसलाई परिवर्तन भएन । जनतालाई धोका भयो ।’
विप्लबले लिपुलेकमा बिषयमा सत्ता पक्षीय दल र सरकारले हदैसम्मको लाचारी प्रर्दशन गरेको बताए । चन्दसँगै आएका बिदेश विभागका प्रमुख धर्मेन्द्र बास्तोलाले नेपालमा शान्ति, बिकास र स्थायीत्वको लागि खाडीसहित युरोपमा छरिएको नेपालीले सत्तापक्षलाई दवाव दिनुपर्ने बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु