राज्य आतंक देखियो : अभिनेत्री रेखा थापा

२०७६ असार १० गते, मंगलवार

काठमाडौँ , १० असार । नेपाल कम्युनिस्ट पार्टीका नेता नरबहादुर कार्कीलाई प्रहरीले बालुवाटारबाट अपमान पूर्वक गिरफ्तार गरेपछि अभिनेत्री रेखा थापाले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पोष्ट गर्दै आक्रोश पोखेकी छन् । ‘राज्य आतंकको वर्तमान रुप आफ्नै आँखाले देखियो आज ! सामाजिक अभियन्ता, अन्तर्राष्ट्रिय मोटिभेटर आदरणीय नरबहादुर कार्की सरलाई प्रहरीले एक अपराधीलाई जसरी पक्राउ गरेको छ,’ उनले अगाडि लेखेकी छन् ‘धकेलेर, भरखरै मारौँला जस्तो गरेर गणतान्त्रिक लोकतन्त्रात्मक प्रहरी प्रस्तुत भएको खुद आँखाले देख्न पाइयो ।’ ‘कुनै व्यक्ति, कुनै पार्टीको नेताको समर्थक हुन नपाइने यो कस्तो गणतन्त्र हो ?’ उनले प्रश्न समेत उठाएकी छन् ।
कार्कीलाई महानगरीय अपराध महाशाखा र काठमाडौँ प्रहरीको संयुक्त टोलीले सोमबार बालुवाटारबाट पक्राउ गरेको थियो । कार्की रेखा थापा निर्देशित तथा अभिनित फिल्म ‘मालिका’का निर्माता तथा कलाकार पनि हुन् । कार्कीलाई पक्राउपछि महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । सामाजिक अभियन्ताको रुपमा समेत आफूलाई चिनाएका कार्की सन् २०१६ मा मुम्बईमा भएको विश्व प्रशिक्षक सम्मेलनमा छानिएका ५० सफल प्रशिक्षक मध्येका एक हुन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु