राज्यले प्रेस स्वतन्त्रताको उल्लङघन गरेको ठहर

२०७५ आश्विन ५ गते, शुक्रबार

काठमाडौं , ४ असोज । क्रान्तिकारी पत्रकार संगठन,केन्द्रीय समितिको आयोजना र दाङ जिल्ला समितिको संयोजनमा दाङको घोराहीमा भएको अन्तरकृयामा सहभागि वक्ताहरुले अपेक्षा अनुसार संविधानले प्रत्याभूति गरेका अधिकारलाई कार्यान्वयनमा कामजोर देखिएको बताए । उनीहरुले पछिल्लो समय मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालागि फेरी आवाज उठाउनुपर्ने र आन्दोलित हुने पर्ने अवस्था आउनु दुखद रहेको बताए । कार्यक्रममा मानवअधिकार सञ्जाल दाङका संयोजक केशब कुमार शर्माले स्वतन्त्र प्रेसविना मानवअधिकारको रक्षा हुन नसक्ने बताए । अहिलेपनि राज्यका निकाय मानवअधिकारप्रति जिम्बेवार बन्न नसकेको टिप्पणी गरे ।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले समाचार लेखेकै भरमा कुनैपनि पत्रकारमाथी धरपकड गर्ने कार्य बन्द गर्नुपर्नेमा जोड दिदै पत्रकारले समाचार लेखेकै भरमा पक्राउ गर्ने तथा मुद्धा चलाउने कार्य आपत्तिजनक रहेको बताए । अध्यक्ष प्रियासनले प्रेस स्वतन्त्रता विरोधी कानुनहरु संसोधन तथा खारेज गर्न समेत माग गरे ।
नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष प्रताप रेग्मीले सरकार प्रेस प्रति अनुदार रहेपनि अब चाहेर पनि कसैले प्रेस स्वतन्त्रता खोस्न नसक्ने बताउदै समाजवाद उन्मुख भन्ने राज्यले प्रेसमाथी दमन गर्ने कुरा विश्वास गर्न नसकिने बताए । तर, अहिलेको दुईतिहाई सरकार भनिएपनि लरखराईरहेको उनको टिप्पणी थियो ।
अखिल नेपाल शिक्षक संगठन प्रदेश नम्बर ५ का संयोजक नारायण भण्डारीले सरकारले फरक विचार राख्नेविरुद्ध दमनमा उत्रिएको भन्दै आलोचना गरे । भण्डारीले शिक्षकहरुको अवस्था दयनिय रहेको र खानपनि नपुग्ने स्थिति रहेको भन्दै गम्भिर बन्न सरकारलाई आग्रह गरे । पत्रकार नरेन्द्र केसीले अहिले सरकार फरक विचार र आस्था राख्नेप्रति अनुदार बन्न खोजेको बताउदै मानवअधिकार रक्षाका लागि गभ्भिर बन्न सरकारलाई आग्रह गरे ।
राप्ती पोष्ट दैनिकका सम्पादक शरद अधिकारीले प्रेस तथा अभिव्यक्तिलाई अफ्ठेरो पार्ने कानुनहरुलाई संसोधन गर्नुपर्नेमा जोड दिए । हिजोका दिनमा जटिलताकाबीचमा पनि पत्रकारिता गरेको तर अहिलेपनि खासै परिवर्तन हुन नसकेको गुनासो गरे ।
नेकपाका सचिवालय सदस्य किरण डाँगीले अहिले आफ्नो पार्टीलाई अहिले शान्तिपूर्ण कार्यक्रम समेत गर्न नदिइएको बताए । उनले आफ्नो नेतृत्वलाई धरपकड गरिरहेको भन्दै कुनै कार्यक्रम गर्दापनि अनावश्यक निगरानी गरिरहेको बताए । उनले सरकारबाट वार्ताको आव्हान भएपनि केका लागि भन्ने प्रश्न गर्दै अहिले शान्तिपूर्ण कार्यक्रम गर्न नदिने तथा अनुमानका भरमा सरकारले दुःख दिने काम गरेको बताए । संगठनका अध्यक्ष प्रकाश डुम्रेकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सन्चालन संगठनका महासचिव हिम विष्टले गरेका थिए भने स्वागत मन्तव्य काेषाध्यक्ष जानकी चाैधरीले गरेकी थिइन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु