राज्यको सेतो बन्दुकमात्रै हामीलाई मान्य छैन: विप्लव

२०७१ कार्तिक २३ गते, आईतवार


काठमाडौँ ।नेकपा– माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादीलाई पाखा लगाएर संविधान बनाए सहरमै बन्दुक पड्काउने चेतावनी दिएका छन् ।क्रान्तिकारी पत्रकार महासंघ चितवनले शनिबार नारायणगढमा गरेको पत्रकार सम्मेलनमा नेता विप्लवले यस्तो बताएका हुन् । ‘अबको हाम्रो आन्दोलन भूमिगत हुँदैन, खुल्लारुपमा हुन्छ । यो पटक गाउँमा होइन सहरमा बन्दुक पड्कनेछन्’ उनले भने, ‘राज्यको सेतो बन्दुकमात्रै हामीलाई मान्य छैन, रातो बन्दुक पनि चाहिएको छ ।’
माओवादीले फेरि बन्दुक बोक्न लागेको नबुझ्न आग्रह गर्दै नेता चन्दले राज्यको व्यवहारका कारण सम्भव हुने बताए । ‘राज्यको कारणले युद्ध सम्भव हुन्छ । विश्वको शक्तिशाली मुलुक अमेरिकाविरुद्ध त युद्ध भएको छ भने नेपालमा युद्ध हुनु अस्वाभाविक छैन’, उनले भने, ‘‘युद्धबाट जनता तर्सेका छैनन्, मिडियामात्र तर्सेका हुन् ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु