राजपा आन्दोलनमा

२०७५ श्रावण ४ गते, शुक्रबार

काठमाडौं, ४ साउन । राष्ट्रिय जनता पार्टीले आन्दोलनमा उत्रिएको छ । राष्ट्रिय मानव अधिकार आयोगले सप्तरीको मलेठमा भएको घटना बारे सार्वजनिक गरेको प्रतिवेदनविरुद्ध राजपा आन्दोलनमा उत्रिएको हो । प्रतिवेदन पूर्वाग्रही रहेकोले खारेजीको माग गर्दै उनीहरुले शुक्रवार राजविराज–रुपनी सडक खण्ड अन्तर्गत मलेठमा धर्ना बसेर एक घण्टा चक्काजाम गरेका हुन् ।
सुरक्षाकर्मीको गैर–जिम्मेवारीका कारण घटना भएको छर्लङ्ग रहदा पनि आयोगले पूर्वाग्रही तवरले तयार पारेको प्रतिवेदन खारेजी नभएसम्म आन्दोलन नरोकिने उनीहरुले चेतावनी दिएका छन् । २०७३ साल फागुन २३ गते भएको मलेठ घटनामा प्रहरीको गोली लागेर आनन्द साह, पिताम्वर मण्डल, विरेन्द्र महतो, इनर यादव र संजन मेहता गरी पाँच जनाको मृत्यु भएको थियो । आन्दोलनमा दर्जनौं व्यक्ति घाइते भएका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु