‘राजनैतिक समस्या समाधान नगरि शैक्षिक क्षेत्रका समस्या समाधान हुदैन ‘

२०७४ चैत्र २ गते, शुक्रबार

काठमाडौं , २ चैत । अखिल (क्रान्तिकारी)का नवनिर्वाचित अध्यक्ष चिरन्जीवि ढकालले शिक्षाले देशमा भएको प्राकृतिक स्रोत साधनसँग मानव श्रम जोड्न आवश्यक रहेको बताएका छन । दाङको घोराहीमा राष्ट्रिय सम्मेलनको जानकारीका दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ढकालले अहिलेको अवैज्ञानिक पाठ्यक्रमका कारण शिक्षालाई मानव जीवनको सहजीकरण र सामाजिकीकरण गर्न नसकिएकाले वैज्ञानिक शिक्षाको आवश्यक भएको बताए । शिक्षामा देखिएको द्धैत शिक्षा प्रणाली, शिक्षा क्षेत्रमा सरकारको कम लगानी, राज्यको गैर जिम्मेवारीपनाका कारण सरकारी विद्यालयको गुणस्तरियता दिनप्रतिदिन खस्कीरहेको भन्दै शिक्षा क्षेत्रमा देखिएका यस्ता समस्या समाधानका लागि आफूहरुले राष्ट्रिय सम्मेलनमा गहन छलफल गरि सरकारी शिक्षालाई गुणस्तर बनाउन र प्रोमोट गर्न मुख्य ऐजेण्डाको रुपमा लिएको उनले बताए ।
उनले राजनैतिक समस्या समाधान नगरि शैक्षिक क्षेत्रका समस्या समाधान नहुने भएकाले अबको विद्यार्थीहरुको भूमिका वैज्ञानिक शिक्षा र सुदृढ संगठन निर्माणमा रहने बताए । विद्यार्थीका हरेक समस्यालाई नजिकबाट बुझ्न र समस्या समाधानका लागि नियमित अध्ययरत विद्यार्थी नेताको आवश्यकताले यो सम्मेलनदेखि अध्ययनरत, ३० वर्ष हद भएका विद्यार्थी नेताहरु केन्द्रीय समितिमा समावेश गरिएको उल्लेख गरे । उनले हरेक विद्यार्थीका बेञ्च बेञ्चमा पुगेर समस्या बुझ्न सजिलो होस् भन्ने उदेश्यका साथ यो सम्मेलनबाट अध्ययनरत र उमेर हद ३० वर्ष राखिएको बताउदै शिक्षामा रहेको निजिकरणलाई निरुत्साहित गर्दै जनताको जीवनसँग शिक्षा जोड्ने विषय नै आफूहरुको प्रमुख एजेण्डा हुने स्पष्ट पारे ।

प्रतिक्रियाहरु