राजनीतिक सम्मेलन अन्योलमा

२०७१ भाद्र ३१ गते, मंगलवार


काठमाडौं, भदौ ३१।आज हुने भनिएको सर्वपक्षीय राजनीतिक सम्मेलन अन्योलमा परेको छ । सम्मेलन अन्योलमा परेपछि शीर्ष नेताहरु छलफलमा जुटेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी र नेकपा–माओवादीको वैठक अहिले बालुवाटारमा बसिरहेको छ ।
नेकपा माओवादीले शान्ति प्रक्रिया, संविधान र संक्रमणकालीन राजनीति व्यवस्थापनका विषय समेत समेट्नुपर्ने बताएपछि शीर्ष नेताहरु छलफलमा जुटेका हुन् । यसअघि सम्मेलनमा संविधानका विषयमा मात्र छलफल हुने सहमति भएको थियो । नेकपा–माओवादीले शान्ति प्रक्रियाको विषयमा समेत छलफल हुनुपर्ने अडान लिएपछि अन्योल भएको हो ।
माओवादीका सचिव देव गुरुङले सबै विषयमा छलफल हुने स्पष्ट भएपछि मात्र सम्मेलनमा सहभागी हुने बताए । सरकारले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा केहीबेरपछि सर्वदलीय राजनीतिक सम्मेलनको आह्वान गरिसकेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु