राजनीतिक टोर्नाडोको परिकल्पना – बिष्णु पन्त

२०७६ बैशाख १ गते, आईतवार

पूर्व माओवादीका वरिष्ठ नेता लोकेन्द्र विष्ट मगरले एउटा स्ट्याटस लेख्नु भएको थियो ‘बारा–पर्सातिर आएको टोर्नाडो तुफान नेपाली राजनीतिमा आए कस्तो हुन्थ्यो होला साच्चौँ ?’ हामीले नेपालमा पहिलो पटक अनुभुति ग¥यौँ कि टोर्नाडो नामको हुरी वतास वा आँधी कति खतरनाक हँुदोरहेछ भनेर । मौसमविद्का अनुसार यो टोर्नाडोको पूर्वानुमान गर्न नै सकिएन । भनिएको छ, यो एक्कासी आयो र २ मिनेटभन्दा बढी टिकेन । अझैँ यसको उत्कर्ष ५५ सेकेण्डभन्दा बढी थिएन रे । जे होस १, २ मिनेटमा बहुत ठूलो विध्वस मच्चायो बारा र पर्सामा । यसले के गरेन ? गाडीहरु पल्टायो, घरहरु उडायो, पोलहरु ढाल्यो, रुखहरु ढाल्यो, बाँसघारी जरै सित उखेल्यो, मान्छेहरु उडायो, तिसौँ मान्छे मा¥यो, सयाँै घाइते बनायो, सारमा भन्दा ठुलो जन धनको क्षति ग¥यो । मौसमविदले भनेका छन् कि ‘टोर्नाडो’ आँधी यति शक्तिशाली छ कि यसले जुन ठाउँ भेट्यो त्यो ध्वस्त हुन्छ । यो एउटा हुरी, बतास र तुफानको वेगवाट बनेको शक्तिशाली भुमरी हो र यसको शिकार बन्न नपरोस भनिएको छ ।
१. नेपाली राजनीतिमा टोर्नाडोको आवश्यकता
वास्तवमा नेपाली राजनीति यति विघ्न विकृत, भ्रष्ट, अराजक र निरंकुश बन्यो कि अब यसमा सुधार वा उपचारको कुनै पनि संभावना बाँकी रहेन । अब यथास्थितिबाट देश र जनताको ब्रम्हलुट वा सत्यानाश बाहेक बाँकी संभावना केही छैन । सरकार त शैतानहरुको र राक्षेसहरुको नाङ्गो नाच जस्तै बनेको छ । जहाँ अरबौँ भ्रष्टाचार भएका छन्, त्यसको जिम्मा प्रधानमन्त्रीले लिन्छन् । आफ्नै संसद्को लेखा समितिले अरवौँको भ्रष्टाचार भएको छ भन्छ्, प्रधानमन्त्रीले कुनै छानविन विना भ्रष्टाचार भएको छैन भन्दै सार्वजनिक रुपमा बचाउ गर्छन् । कति वटा काण्ड निस्के कोशी, बुढीगण्डकी, मध्यपहाडी मार्ग, मेलम्ची, पप्पु कन्सट्रक्सन, ३२ क्विन्टल सुन, अरबका काण्डको उल्लेख गरेरै नसक्ने अवस्था उत्पन्न भयो । जब भ्रष्टाचार संस्थागत हुन्छ, भ्रष्टाचारलाई राज्यले वैधानिकता दिन्छ अनि प्रधानमन्त्रीले त्यसको जिम्मा लिन्छन्, के त्यो सरकारको निरन्तरताबाट राज्यको हित हुन सक्छ ? जब सरकारले गरेका हरेक निर्णयमा न्यायालय मौन वसेर समर्थन गर्छ, के त्यहाँ कुनै सुधारको गुञ्जायस हुन्छ ? जब न्यायधीशहरु नै राजनीतिक भागवण्डा र पैसाको मोलतोलमा नियुक्ति गरिन्छ, के त्यहाँ कुनै उपचारको संभावना हुन्छ ?
आज भ्रष्ट, तस्कर, कालोवजारीया, कमिशन खोर र लुटेराहरुको अखडा बनेको छ सरकार । राज्य त पुरै दलाल र राष्ट्रघातीहरुको पेवा जस्तो वनेको छ । आज सिमा मिचिएको छ, कोही बोल्दैन, वैदेशिक हस्तक्षेप नाङ्गो रुपमा भएको छ, कोही बोल्दैन । नागरिकता विधेयकबाट नेपाललाई भारतमा विलय गराउने षड्यन्त्र भएको छ । जन्मका आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता दिन भनी गृहमन्त्रालयले गरेको आदेश वा परिपत्रले सरकार कसको निर्देशनमा चल्दै छ भन्ने कुरालाई स्पष्ट पारेको छ । आफ्नो दुई कौडीको कुर्ची टिकाउनका लागी मातृभूमिमाथि खेलवाड गर्ने राष्ट्रघाती अपराधीहरुलाई सजाएर देशको हित हुन सक्दैन ।
२. टोर्नाडो कहा“ कहा“ आउनु पर्ने छ
नेपाली राजनीतिमा टोर्नाडोभन्दा पनि विध्वंसकारी आँधी र तुफान आउन पर्ने आवश्यकता छ । पहिलो नम्बरमा टोर्नाडो भ्रष्टहरुको अखडामा आउनु पर्छ भ्रष्टहरुलाई ऐया पनि भन्न नपाउने गरी सिध्याउनु पर्छ । उनीहरुलाई मौसमवीदहरुले पनि कल्पना नगर्ने गरी उडाउनु पर्ने जरुरी छ । दोस्रो नम्बरमा टोर्नाडोको विनाशकारी विध्वंस राष्ट्रघाती नेता र मन्त्रीहरु अनि उनीहरुका गुलाम, दास जस्ता दलालहरुलाई हान्ने गरी आउनु पर्छ । आज राष्ट्रघाती नागरीकता विधेयक ल्याउँदा पनि ताली बजाएर समर्थन गर्नेहरुलाई छानी छानी टोर्नाडो पठाउनु पर्छ । नेपालको सिमा मिचिँदा रमाउने र उल्टो गौरब गर्ने राष्ट्रघातीहरुलाई बढार्नु पर्दछ । तेस्रो नम्वरमा टोर्नाडोको तान्डव नृत्य दलाल संसदीय व्यवस्थाको हेडक्वाटरमा मच्चाउनु पर्ने छ । निरंकुश, अधिनायकवादी अनी फासीवादी चरित्रका छोटे राजाहरु जो आपूmलाई हिटलर जस्तै ठान्छन्, गणतन्त्रका ठेकेदार ठान्छन् र ती जनताको बाँच्न पाउने नैसर्गिक अधिकारमाथि पनि धावा वोल्छन्, तिनीहरुलाई आउनु पर्छ टोर्नाडो । शासकहरु जो गणतन्त्रको नाममा, लोकतन्त्रको नाममा हजारौँ, लाखौँ जनताको मौलिक हक र मानव अधिकारलाई हरण गर्ने दिवास्वप्न देखेका छन्, तिनीहरुलाई उडाउनु पर्छ टोर्नाडो नामकोे बेगवान भुमरीले । जसले झापा विद्रोहको व्यापार गरे, जसले दाशढुङ्गा हत्याकाण्डको व्यापार गरे, जसले दश वर्षे जनयुद्धको व्यापार गरे, तिनीहरुमा आउनु पर्छ विनाशकारी हुरी बतास । तेस्रो नम्बरमा ती बादशाहहरु जो आफु भि आई पि शुरक्षा घेराभित्र बसेर, चौबीसै घण्टा सेना र प्रहरीको सुरक्षाघेराभित्र बसेर देशमा गृहयुद्ध मच्चाउने षड्यन्त्र गर्दैछन्, जनतालाई आपसमा लडाएर हुकुम चलाउने दिवास्वप्न देख्दै छन्, तिनीहरुलाई उडाउनु पर्छ । विदेशीको योजनामा सिके राउतसँग सम्झौता गर्ने, राष्ट्रघाती नागरिकता विधेयक ल्याउने अनि क्रान्तिकारी र राष्ट्रवादी शक्ति विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माथि प्रतिबन्ध लगाएर होली वाइन सेवन गर्ने अपराधीहरुलाई चाहीन्छ टोर्नाडोको वितण्डा । के गणतन्त्रको नाममा जे पनि गर्ने छुट छ तिमीहरुलाई ? एनसेलको ७२ अरब कर राज्यले लेऊ, २० अरब कमिसन खाएर छाड्न पाईदैन भन्न नमिल्ने हो हामीले ? के देशमै उद्योग, कलकारखाना खोलेर राष्ट्रिय पुँजीपतिको विकास र संरक्षण गरौँ भन्न नपाईने हो ? के वेरोजगार युवा, किसान, मजदुरको व्यावस्थापन गर भन्न नपाईने हो विप्लवले ? के राष्ट्रिय स्वाधीनताका लागी लडौँ, एकजुट होउँ भनेर आह्वान गर्न नपाउने हो विप्लवले ?
चौँथो नम्बरमा टोर्नाडोको आतंक राजनीतिको आडमा, पार्टीको नाममा, रातारात धनी बनेका, अरु केही काम नगरी सत्ताको आडमा, कमिशन, दलालीको आडमा रातारात अरबपती र खरबपती बनेका नवधानाड्य वर्गलाई ध्वस्त बनाउने गरी आउनु पर्ने आवश्यकता बनेको छ । काम नगरी भ्रष्टाचार गरी, तस्करी, कालोबजारीया गरी, क्षणभरमा छु मन्तरी जादुका भरमा अरबपति वनेका मातृभूमिका जुकाहरुलाई तहशनहश पार्ने हुरी बतास चाहिएको छ ।
३. जनतालाई धोका दिने नेताहरु
आज जनतालाई क्रान्तिको सपना देखाएर, अधिकारको कुरा गरेर अनि समानताको सपना देखाएर जनताकै उच्च वलिदानवाट सत्तामा पुगेर जनताप्रति घात गर्ने, राष्ट्रप्रति घात गर्ने नेताहरुबाट बलिदानीको मूल्य चुकाउनु पर्ने टड्कारो आवश्यकता बनेको छ । हजारौँ शहिद, वेपत्ता, घाईते अपाङ्गहरुको बेहाल बनाएर, हजारौँ, लाखौँ योद्धाहरु रुवाएर, एकवारको महत्वपूर्ण जीवन खतम गराईदिएर उनीहरुलाई खाते, मगन्ते र जोगी बनाएर आपूm, आफ्नो परिवार, नातागोता र नजिकका दलालहरुलाई मात्र अरबपती बनाउने अनि आफ्नै समृद्धिलाई समाजवाद भन्ने गद्वारहरुसँग जनताले क्षतिपूर्ति लिनुपर्ने छ । आजको दिनमा आफ्नो कुर्ची बचाउनका लागी देशै वेच्न तयार हुने मुख्य नेताहरुलाई साइजमा ल्याउनु पर्ने छ । जनताको गरिबीलाई कमजोरी ठानेर उनीहरुमाथि खेलबाड गर्ने कथित शान्ति र समृद्धिका झुटहरु पेश गर्ने, कथित आर्थिक समृद्धिका नाराहरु दिएर फेरि पनि भेडाबाख्रा बनाउने सपना देखेका नेताहरुलाई अब जनताको आक्रोश र विद्रोहबाट जवाफ दिनु पर्ने वेला आएको छ ।
४. विकृत राज्यका संयन्त्रहरु
आज राज्यका सवै संयन्त्रहरु विकृत, ध्वस्त र किंकर्त व्यविमुठ बनेका छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका कतैबाट चेक एण्ड व्यालेन्स छैन । सबै छाडा र बेलगाम बनेका छन् । सरकारका कुनै निकाय पनि आफ्नो अनुशासन, मर्यादा र उत्तरदायित्व भित्र छैनन् । अरु अंगको वा निकायहरुको त कुरै छोडौँ । अख्तियार आयुक्तहरु आफँै घुस खाँदै हिँड्छन् । कर्मचारी संयन्त्र ध्वस्त र काम नलाग्ने बनेको छ । पैसा खान पाए जे पनि काम हुने र खान नपाए केही पनि नहुने वेहाल अवस्था छ । के यी पुरानै संयन्त्रलाई जोगाएर राज्यले मुक्ति पाउला ? के यिनीहरुमा सुधारको कुनै गुञ्जायस होला ? यदि कुनै अंग पनि अलिकति सवल सक्षम र शाहसी हुँदो हो त, उसका लागी ईतिहास रच्ने अवसर थियो । कुलमान घिसिङ्गले कमिसन खान दिएन भनेर हटाउने खेल हुँदैछ । स्वतन्त्र न्यायपालिका एकादेशको कथा जस्तो बन्ने अवस्थामा छ । अघोषित प्रधानन्यायधिशको रुपमा स्वयं प्रधानमन्त्री के.पी ओली बनेको जस्तो देखिन्छ । अदालत उनको छायां मात्र बनेको छ ।
५. निर्जीव जस्ता राजनीतिक दलहरु
आज राजनीतिक दलहरु निर्जीव जस्तै बनाइएका छन् । अर्को शब्दमा चल्छन् तर रोवोट जस्ता भएका छन् । सजिव दलहरु कस्तो हुनुपर्छ भनेर बहश चलाउनु पर्ने भएको छ । सजिव दलको एउटा निश्चित राजनीतिक दर्शन हुनु पर्छ, राजनीतिक कार्यक्रम र राजनीतिक मुद्धा हुनु पर्छ । आज दलहरु यति निर्जीव छन् कि प्रतिपक्षी नेपाली काँग्रेश कहाँ छ भनेर खोज्नु पर्ने बेला भएको छ भन्ने टीप्पणीकार थिए सत्तारुढ नेकपाका नेता झलनाथ खनाल । जसरी हुन्छ, कमाउ र खाउ अर्थात गायक पशुपति शर्माको भाषामा लुट्न सके लुट कान्छा अभियानमा छन् । राजनीतिक मुद्धाको आधारमा समर्थन, विरोध र धु्रवीकरणको अन्त्य भए जस्तो भएको छ । दलहरुमा उत्तरआधुनिकतावादी सोच हावी भएको छ– विचारको अन्त्य, इतिहासको अन्त्य भए जस्तो भान हुन्छ । आज सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी त केबल केपी ओली र पुष्पकमल दाहालको हुकुमप्रमाण्ङ्गी आदेशबाट मात्र चलिरहेको छ । उता नेपाली कांग्रेस शेरबहादुर देउवाको पेवा जस्तै बनेको छ । पार्टीका नेताहरु मालिक, राजासाव बनेका छन् भने कार्यकर्ताहरु दास जस्ता । त्यहाँ आलोचनात्मक चेतको अन्त्य भएको छ । घटनाक्रमहरु सापेक्षमा हैन निरपेक्षतामा बुझिन्छ । ओली र प्रचण्डले जे भन्यो त्यही सत्य । आज, हिजो र भोलिका बीच असन्तुलन हुँदा पनि कसैले प्रश्न उठाउन सक्दैन । यस्तो लाग्छ उनीहरुमा मेमोरी वा स्मृति नै नचाहिने बनेको छ किनकी हिजोको भाषण आजको भन्दा उल्टो थियो र भोलिको झनै उल्टो हुनेछ । र पनि ताली बजेको बज्यै छ, हुटिङ्ग भएको भई छ । अव यी दलहरु यति विघ्न निर्जीव बनेका छन् कि उनीहरुलाई विघटन गर्ने शक्ती चाहिएको छ ।
६. बालुवाटार जग्गा नामसारि प्रकरण
पछिल्लो समय एउटा उदेकलाग्दो समाचार आएको छ, त्यो हो प्रधानमन्त्री निवास बालुवाटारको जग्गा पनि दलालहरुको मिलेमतोमा प्रकृया मिलाएर सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल लगायतका व्याक्तिहरुको नाममा नामसारी गरिएको छ । यो दलालीको पराकाष्ठ र भद्दा नमुना हो । यो भ्रष्टाचारी र दलालीको पनि अति हो । यो घटनाबाट सरकार र सत्तारुढ दललाई लाजलाग्नु पर्ने हो । प्रधानमन्त्रीलाई कस्तो लागेको छ कुन्नी ? हामी त एउटा नेपाली हुनुको नाताले नेपालीले नै गरेको यस्तो घृणित कुकर्मबाट लज्जित बनेका छौं ।
७. बन्दि प्रत्यक्षिकरण र सर्वोच्च अदालत
विप्लव नेतृत्वको नेकपाका नेता हेमन्त प्रकाश वली ‘सुर्दशन’को बन्दि प्रत्यक्षिकरणको रिटलाई सर्वाेच्च अदालतले खारेज गरे संगै सर्वोच्चको निष्पक्षतामाथि गम्भिर प्रश्न उठेको छ । बन्दि प्रत्यक्षिकरण जस्तो संवेदनशील मुद्दामा अदालतले सरकार निर्देशित भुमिका निभाउनु शोभनीय छैन् । दुइतिहाईको बलमा अदालतलाई कार्यपालिकाको छांया बनाउने कुचेष्टा भ्रत्र्सना योग्य छ । यसलाई सिके राउत प्रकरणसंग दाजेर हेर्दा माथिको आरोपको पुष्टी हुन्छ ।
८. निष्कर्ष
नेपाललाई जोगाउने हो भने एउटा भिषण र डरलाग्दो टोर्नाडो आँधी आउनु पर्ने छ । एउटा भयानक ज्वालामुखीको बिष्फोट हुनु पर्ने छ वा अलि ठुलै रेक्टर स्केलको राजनीतिक भुकम्प ल्याउनु पर्ने छ । यथास्थितिका शक्तिहरु विघटन गर्नु पर्नेछ, निरन्तरताका संरचनाहरु भत्काउनु पर्ने छ । अहिलेको राजनीतिक मनोविज्ञानलाई उखेलेर, आगोमा भष्म बनाएर एउटा सुन्दर मनोविज्ञानको निर्माण गर्नु पर्ने जरुरी भएको छ । सानो आँधीले पुग्दैन, पुग्ने भए बारा, पर्सामा आएकै हो, भुकम्प पनि आएकै हो । जब नेताहरुमा स्मरण गर्ने क्षमता वा मेमोरी नै छैन, तब उनीहरुलाई के दोष दिनु ? उनीहरुलाई त बढार्ने तर टोर्नाडो जस्तै ५५ सेकेण्ड भित्रै बढार्ने आँधी, हुरी र बतास चाहिएको छ । कुर्ची बाहेक अरु कुनै सत्य नदेख्ने सत्ता बाहेक सबै भ्रम ठान्ने, मन्त्री र सांसद बिना जीउनै नसक्ने यी मनोरोगी नेताहरुबाट देशले धेरै पिडा सहनु पर्ने भयो । गृहमन्त्रीमा टीक्नका लागी विदेशीलाई नागरिकता दिने परिपत्र गर्नेसम्मका तल्लो दर्जाका मन्त्रीहरु छन् । सरकारमा टीक्नका लागी नेपाललाई भारतमा गाभ्ने रणनीति अन्र्तगत आएको नागरिकता विधेयक पारित गरिँदै छ । त्यति मात्र हैन विदेशीहरुकै योजनामा विप्लव नेतृत्वको क्रान्तिकारी र राष्ट्रवादी शक्तिलाई प्रतिबन्धित गर्दै हजारौँ, लाखौँ, नागरीकको मौलिक हक खोस्ने अपराध हुँदैछ । देशलाई द्धन्द्धमा वा गृहयुद्धमा धकेलेर आपू मोज गर्ने सपना देखेका वादशाहरुलाई बगाउने एउटा एउटा विशाल, विनाशकारी र विध्वंसक राजनीतिक आँधी चाहिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु