राजदुत मास्फीद्वारा तिलौराकोट अवलोकन

२०७४ फाल्गुन ५ गते, शनिबार

काठमाडौं, ५ फागुन । नेपालका लागी बंगलादेशका राजदुत मास्फी बिन्दे फास्मले कपिलबस्तुको प्राचिन तिलौराकोट दरवारको भ्रमण तथा अवलोकन गरेका छन् । राजदुत मास्फीसहितको ११ सदस्यीय टोलीले भगवान गौतम बुद्धले २९ बर्ष जीवन ब्यतित गरेको प्रवित्र स्थल तिलौराकोटको भ्रमण गरेको हो । तिलौराकोटलाई बिश्व सम्पदा सुचीमा सुचिकृत गर्नका लागी भइरहेको उत्खनन् तथा अन्वेशषणको समेत चांसोका साथ अवलोकन गरेको छ ।
कपिलबस्तुका पुरातात्विक स्थलहरुको संरक्षण तथा प्रवद्र्धनका लागी बगंलादेश सरकारले बिशेष सहयोग गर्ने राजदुत मास्फीले गरेको लुम्बिनी बिकास कोषका सदस्य राजेश ज्ञवालीले बताएका छन् । तिलौराकोटमा भइरहेको उत्खनन्को बिषयमा पढेको र सुनेकोले चांसोका साथ यहा आएको राजदुत मास्फीले बताए । तिलौराकोटमा भइरहेको उत्खनन् तथा अन्वेशषणको बारेमा लुम्बिनी बिकास कोषको सम्पर्क कार्यालय तिलौराकोटका प्रमुख माधव प्रसाद आचार्यले बताए । भ्रमणमा आएका राजदुत सहितको टोलीलाई लुम्बिनी बिकास कोषका सदस्य राजेश ज्ञवाली सहित पुरातात्विक अधिकृतहरु हिमाल उप्रेती, कृष्ण केसी, धु्रवनारायण पाण्डे, राम कुवंर लगायतको टोलीले स्वागत गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार

२३ प्रहरी सम्पर्कविहीन

२०८० चैत्र १३ गते, मंगलवार