‘रसै चाख्नलाई’ को भिडियो सार्वजनिक

२०७२ जेष्ठ २४ गते, आईतवार

काठमाण्डौ । संजय सौगातको पहिलो लोकदोहोरी एल्वम ‘रसै चाख्नलाई’ को म्यूजिक भिडियो बिश्वव्यापी सार्वजनिक भएको छ । अघिल्लो महिना मात्रै बुटवलमा एक कार्यक्रमका वीच विमोचन भएको उक्त एल्वमको भिडियो महाभुकुम्पका कारण यूट्यूबबाट सार्वजनिक हुन पाएको थिएन ।
सौगातको आफ्नै शब्द,संगित तथा स्वर रहेको उक्त गीतको म्यूजिक भिडियो म्यूजिक नेपाल मार्फत यूट्यूवबाट विश्वव्यापी सार्वजनिक भएको हो । तीन दिन अघि मात्रै सार्वजनिक भएको उक्त भिडियोलाई साढे पाच हजार भन्दा बढिले हेरिसकेका छन् । सौगातलाई स्वरमा गायिका पुर्णकला विसीले साथ दिएकी छिन भने गीतको संगित संयोजन पुष्कर सुनुवारले गरेका छन् । त्यस्तै म्यूजिक भिडियोको निर्देशन हितान शुक्र र कोरियोग्राफर लोकेन्द्र शाहले गरेका छन् । त्यस्तै म्यूजिक भिडियोको छायांकन सम्पादन मनोज हित¨ाले गरेका हुन ।

प्रतिक्रियाहरु