रबि लामिछानेलार्ई खुला पत्र – सरल सहयात्री

२०७५ असार १६ गते, शनिबार

प्रिय रबीजी,
यसर्थ धन्यवाद दिन चाहन्छु कि, तपाईंले आफ्नो अमेरिकी नागरिकता त्याग गर्ने कानुनी प्रक्रिया पुनः शुरु गरेर फेरि अर्कोपटक नेपाली नागरिक हुने प्रक्रियामा सामेल हुनुभयो भन्ने खबर सुन्न पाइयो । तपाईंको कुरा गर्दा यतिबेला माहोल निकै गरम खालको छ । विभिन्न कारणले विदेशमा बस्ने नेपाली र भर्खर उत्सकुताको प्रश्नै प्रश्न बोकेर अन्योल भविष्यको मार्गमा कुदिरहेका किशोर किशोरीहरु रबी लामिछानेको थोरै पनि आलोचना सहन नसक्ने भएका छन् । यो तपाईंको एक प्रकारले सफलता हो । अर्थात् छायाँमा परेको केही सामाजिक घटनाहरुका पर्दा खोल्न सफल हुनु भएको उदाहरण हो ।
व्यक्तिगत रुपमा भन्नुहुन्छ भने ‘गिनिज बुक अफ वल्र्ड’ रेकर्डमा नाम लेखाउन सफल हुने गरी लिएको झण्डै साठी घण्टा लामो अन्तरवार्ता देखि नै मेहेनतपूर्ण प्रतिभाको लागि म तपाईंप्रति एक धुमिल खालको आशा थियो । अकस्मात् अमेरिकाबाट नेपाल आएर त्यो ‘करिश्मा’ देखाउनु भयो र उतै फर्कनु भयो । अध्ययनकै सिलसिलामा त्यसखाले मेहेनतपूर्ण कर्म गरिरहनु भएको छ भन्ने सूचनाले पुनः अमेरिका फर्के पनि त्यतिविधि चासो नभएको होला सम्भवतः सबैलार्ई । वा अमेरिका–आकर्षणले लुप्त धेरै नेपाली मध्य तपाईं अर्को एक हुनभयो भन्ने अनुमान पनि थियो होला कतिपयको । पछिल्लो पटक नेपाल आएपछि भने साँच्चिकै कमाल गर्नु भएको हो । ‘जनतासंग सिधा कुरा’ कार्यक्रममा कतिपय कमजोरीको बावजुद गरिएको खोजपूर्ण प्रसारणको प्रभाव जसरी आममान्छेहरुमा प¥यो मलार्ई पनि ठिक उस्तै गरी प¥यो । र मैले तपाईंको प्रशंसा गर्दै कयौं पटक भनें, ‘कमाल गरेको छ यार रवी लामिछानेले’ ।
म त्यतिबेला आफैंसँग फ्यास्स परें, जतिबेला तपाईंको वास्तविकता थाहा पाएँ । रवी लामिछाने त नेपाली मूलको अमेरिक नागरिक पो बनिसकेको रहेछ । करिब एकवर्ष अगाडि तपाईंकै मुखबाट स्पस्टिकरण सुनेर थप स्पस्ट हुन पाएँ । भन्नुभएको थियो, ‘विभिन्न व्यक्तिगत कारणहरुले गर्दा मेरो अमेरिकी नागरिकता (ग्रिन कार्ड) त्यागको प्रक्रिया ढिला भएको छ ।’ घोषणा नै भएपछि त्यो त्यागिएला भन्ने मेरो चाहीं कम्तिमा विश्वास थियो । तर अहिले आएर फेरि सुन्न प¥यो, ‘अब शुरु भएको छ । कानुनविद्को अनुसार अमेरिकी डकुमेन्ट बुझाएपछि पूर्ण नेपाली हुन पाइने रहेछ । मैले बुझाएँ ।’ वुझाएर ठीक गर्नु भयो । तर प्रश्न बाँकी राखिदिनुभयो कि, बुझाउन त उहींबेला पनि बुझाउन सक्नु हुन्थ्यो होला, जतिबेला समाजको विकृतिविरुद्ध खोजपूर्ण पत्रकारिताको शुरुवात गर्छु भनेर पुनः पत्रकारिता शुरु गर्नुभएको थियो । सक्न त त्यतिबेला नै पनि सक्नु हुन्थ्यो होला, जतिबेला आपूmबारे सार्वजनिक प्रश्न उठ्यो र स्पष्टिकरण दिनुभएको थियो । अहिले फेरि निकै लामो समयपछि आफ्नो अमेरिकी नागरिक–मोह भंग गर्न वाध्य हुनुभएको रहेछ । बारम्बार उहीं कुरा दोहो¥याइदा देखिएको अमेरिकामोह र नेपालप्रति देखाइएको सद्भावपूर्ण द्वैध चरित्रले अलिबढी ढोंग महशुस भयो र तपाईंप्रतिको सम्मानबोध निकै कमजोर हुन पुग्यो । जेहोस् अब आशा राखुँ ‘यो पटकको प्रक्रियाले तपाईंलार्ईं कानुनतः पुनः एक नेपाली बनाउने छ । र दोस्रो पटक कुनै नेता, राजनीति वा परिस्थिति आदिलार्ईं दोष दिएर त्यसलार्ईं च्यात्नु हुनेछैन ।
अर्को अर्थमा पनि तपाईं धन्यवादको पात्र बन्नु सक्नु हुनेछ कि, यहीं नजिरलार्ईं समातेर उतिबेलाका सामान्य प्रशासन मन्त्री लालबावु पण्डितले शुरु गरेको पिआर र ग्रिनकार्डधारी ‘राष्ट्रसेवकहरु’लार्ईं, ‘कि नेपाली बन्नुस् कि पूर्ण विदेही भएको घोषणा गर्नु’ भनेर शुरु गरिएको छानबिन प्रकृया पुन सञ्चालन गर्न मद्दत मिल्ने छ । उनै लालबाबु पण्डित अहिलेपनि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हुनुहुन्छ । उहाँलार्ई त्यतिबेलाको छानबिन प्रतिवेदन वा त्यसको सत्य तथ्य डाटा पुन एकपटक बाहिर ल्याउने दबाव दिन सहयोग पुग्नेछ । यहीं हो दुःखद् सत्य हाम्रो देशको । जहाँ नागरिकता च्यातेर विभिन्न बहानामा देशलार्ईं लत्याएका वा दोहोरो नागरिकता बोकेर राष्ट्रसेवक भएका सयौं ‘राष्ट्रवादीहरु’ यहाँ ‘राष्ट्रसेवा’ मै मौजुद हुन सक्छन् । तपाईंको कारण ती सबको सातो उडेको होला र उनीहरु सबैले आत्मसमर्पण गर्लान् वा आपूm विदेशी भएको घोषणा गर्लान् । हेर्ने दिन आएको छ ।
रवी जी, तपाईंले नेपाली समाजलार्ईं नेपालबाट भन्दा अमेरिकाबाट धेरै अध्ययन गर्नुभएको होला । नेपालका कुना काप्चा घुमेका अर्गानिक घुमन्तेका अध्ययनअनुसार नेपाली समाज आज पनि ऐतिहासिक कतिपय भ्रमपूर्ण संस्कृति र परम्परागत मनोविज्ञानबाट प्रभावित छ । यो समाज तिक्ततापूर्ण सत्यमा भन्दा रहस्यपूर्ण करिश्मामा विश्वास राख्छ । वेद, पुराण, रामायण, महाभारत जस्ता धार्मिक ग्रन्थहरुमा उल्लेखित महापुरुषहरुको काल्पनिक रहस्यले अझै मोहित छ हाम्रो समाज । भावनात्मक छन् मान्छेहरु । त्यसकारण दयालू पनि छन् । आँखा चिम्लेर विश्वास गर्न सक्छन् । प्रश्न गर्दैनन् । आफ्नो शक्तिमा भन्दा कुनै महापुरुषको तागतमा विश्वास राख्ने मनोविज्ञानको अन्त्य भइसकेको छैन । तसर्थ संविधान प्रदत्त अत्यधिक मौलिक अधिकार प्राप्त भए पनि त्यसको प्रयोग कसरी गर्ने भन्ने चेतनाको राम्ररी विकास भइनसकेको कारण जनताको एउटा तप्का अझै चाहन्छ, ‘कुनै त्यस्तो शासक आओस् र आफ्ना साराका सारा समृद्धि घरमै ल्याएर दान देओस् । ताकि त्यसको बदलामा जयजयकार गर्न पाउँ ।’ आफ्नो न्याय अन्याय के हो ? त्यो खोज्न सक्ने अवस्थामा पुगेका छैनन् अझै । त्यसैको बीचमा तपाईं आइपुग्नु भएको हो, एकाएक करिश्मा बनेर । यसको अर्थ यो होइन कि नेपालमा तपाईं आउनु भन्दा पहिले केही पनि भएको थिएन । केही घटनाहरुको तथ्यपूर्ण खोजको कारण जनताको एक तप्का (जो समाजिक सञ्जालको पहुँचमा छन्) लार्ई लागेको छ तपाईं नै भगवान हो । तपाईंसँग सबै समस्याको समाधान छ । तपाईं नै करिश्मा हो । तपाईं नै महापुरुष हो अर्थात् तपाईं नै सवथोक हो । यहीं हो नेपाली जनताको परम्परागत इमान्दारिताको डरलाग्दो उदाहरण ।
राजनीतिक इतिहासको हरेक काल र त्यस कालका धेरै पात्रहरु जब–जब भूमिगत थिए अर्थात् रहस्यका अलौकिक पात्र थिए, ती सबै यस्तैखाले ‘क्रेजीजन’ का भगवान थिए । र आज तीनै पात्रहरु जब यथार्थको मार्गमा टेक्न आइपुगे उनै ‘क्रेजी भक्तजन’हरुको नजरमा राक्षस भएका छन् । वास्तवमा ती न भगवान थिए न राक्षस हुन् । बरु समस्या के थियो भने ती रहस्यमय पात्रहरुले बेलैमा आपूmलार्ई मान्छे नै हुँ भनेर चिनाउन लाज माने । म कतै न कतै रहस्यमय महापुरुष (भगवान)कै रुप हुँ कि ? भन्ने आत्मभ्रममा बाँचे । ठीक त्यस्तै, आज तपाईं कतै न कतै त्यसै खाले आत्मप्रवृत्तिको सिकार हुनुभएको छ । त्यो समस्या तपाईलार्ईं समर्थन वा विरोध गर्ने दर्शकको होइन, नितान्त तपाईंको हो । ख्याल गर्नु, आलोचकहरु नै अन्ततः तपाईंका अप्रत्यक्ष मित्र सावित हुनेछन् ।
रवीजी, आजभोलि हाम्रो मुखमा झुण्डेको एउटा शव्द हो– सामन्तवाद ! समाजलार्ईं सामन्तवादी प्रवृत्तिले गाँजेको छ भनेर भन्न हामी सबैलार्ई सजिलै आउँछ । सामन्तवादको किल्ला राजतन्त्र ढालेकोमा हामी गर्व गर्छौ । किनकि आज गणतन्त्र आएको छ । तर जब आफैंभित्र वर्षौंदेखि हुर्किएको सामन्तवादको विरुद्ध लड्ने बेला आउछ नि ! प्रजातन्त्रवादी मसिहाहरुको पनि बाजा बज्दो रहेछ । आँखा चिम्लेर महशुस गर्नुस् – यतिबेला तपाईंको कानमा बाजा बजिरहेको छ । तपाईंका कानले आफ्नो आलोचना जब आफैं सुन्न सक्तैन, ठान्नुसः तपार्इं अमेरिकाको प्रजातन्त्र भोगेर मात्र होइन, चन्द्रमाको निर्जन साम्यवाद पुगेर आएको भए पनि तपाईंभित्र त्यो प्रवृत्ति कायम छ । तपाईंभित्र अहंकार, घमण्ड, आपूmभन्दा बाँकि सारा बेबकुफ, बकम्फुसे लाग्न थाल्छ । जब सम्झनुस्, ‘तपाईं भित्रको सामन्तवाद बौलाउन थालेको छ । त्यसबाट मुक्त हुनुस् । नत्र कुनैदिन टेलिभिजनको पर्दा बाहिर आएर जनताको दैनिक जीवनसँग संघर्ष गर्नुपर्ने दिन आयो भने फेरि नेपाली नागरिकता च्यात्ने झोक पलाउन सक्छ तपाईंलार्ई । त्यसैले मत्थर पार्नुस आपूm भित्रको अहंकारलार्ईं । रवी लामिछाने सेलिव्रेटि भएको हो, न कि कथित लौकिक भगवान !
मित्र, नेपालमा तपाईंले सोचेजस्तो केही नगर्ने पत्रुहरु मात्रै पनि छैनन् । राजनैतिक परिवर्तनको दशकौं दशक दौरानमा हजारौं–हजारले निश्वार्थ बलिदान दिएर आजको दिन ल्याएका हुन् । युरोप अमेरिकाको जस्तो भएन होला, जेहोस नेपाली मोडलको परिवर्तनकारी विचार र त्यसको नेतृत्व नेपालमै दुःख गर्ने मान्छेले गरेका हुन् । याहाँभन्दा अघि समृद्ध नेपालसम्म लैजाने हिम्मत भएका मान्छेहरु पनि यहीं देशमा छन् । संघर्षमा पराजित भएका होलान, अध्याँरामा छेकिएका होलान्न््, भीडबाट माथि उठ्दै होलान तर यहीं छन् । त्यो देख्न पनि सकरात्मक नजरिया चाहिन्छ । कलरदार चस्माबाट प्राकृतिक दृश्य नदेखिन सक्छ । तपाईंले समाजको अँध्यारा पाटोतिर हेर्दाहेर्दै उज्यालो देख्न नै विर्सनुभयो जस्तो लाग्छ बेलाबेला तपाईंका हर्कत देख्दा । साथै अर्को कुरापनि सत्य हो । म गर्वका साथ भन्छु, ‘मानौं यदी दुखदपूर्ण कुनै दिन त्यस्तो आयो र हामीले विकसित देशका ‘धनी तथा वुझकी प्रजातन्त्रवादी’ शासक र नेपालका पूर्वराजा ज्ञानेन्द्राजा ज्ञानेन्द्र छान्न सकिन्छ । दुख, कष्ट गरिबी र बरु तानशाह रोज्न सकिन्छ । तर समृद्धि, विकास, प्रगति, उन्नति, प्रजातन्त्र, मानव अधिकार जस्ता बुट्टेदार ढोंगहरुसँग आत्मसमर्पण गर्न सकिंदैन । देशले आत्मसमर्पण गर्नु र व्यक्तिले विभिन्न बहानामा आफ्नो देशका नागरिकता फालेर आत्मसमर्पण गर्नु अन्ततः भिन्न तरिकाको एउटै कर्म हो । यहीं हो नेपाली मन । यहीं हो नेपालीपन । यो संवेदनशिलतामा तपाईंको सधैं ख्याल रहने छ भन्ने आशा राख्दछु । र एक पूण नेपाली भएर तपाईंको खोज पत्रकारिताको अझ धेरै बृद्धि होस् भन्ने कामना गर्दछु । पूर्ण नेपाली बनेर पत्रकारिता गर्नुस्, त्यसको मज्जा नै अर्कै छ रवीजी ।
अन्त्यमा, म ती व्यक्तिगत दुःखको कारण विदेशिएका आमजनताप्रति सदा साथमा छु । त्यसमा पनि विशेषगरी श्रम भिषामा विदेश पुगेर नरकीय जीवन गुजार्दै नेपालको रेमिट्यान्स बृद्धि गर्ने आमश्रमिक र अध्ययन तथा श्रमकै सिलसिलामा विकसित देशमा पुगेका र आफ्नो मिसन पूरा गरि नेपाल फर्कने लक्ष्य बोकेका नेपालीहरुप्रति मेरो हृदयदेखि सम्मान रहेको कुरा अवगत गर्न चाहन्छु । साथै अध्ययन र श्रमको सिलसिलामा विदेश पुगेर उतै घरवार जमाइ, उतैको नागरिकता लिई नेपालको बारेमा आवश्यक चिन्ता गर्नेहरु प्रतिपनि सहानुभतिनै छ । तर कानुनतः नेपाल बिर्सेर आवश्यक भन्दा अनावश्यक चिन्ता गर्ने र नेपालमा बस्ने विभिन्न व्यक्तित्वलार्ईं गालिगलौज मात्रै गर्न जानेका स्वघोषित ‘महामानवहरु’लार्ई शान्त भएर आफ्नो नयाँ देशको चिन्ता र व्यक्तिगत कर्ममा लाग्न अनुरोध गर्दछु ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु