रनवे विस्तार कार्य रोकियो

२०७५ बैशाख १२ गते, बुधबार

काठमाडौं, १२ बैशाख । चिनियाँ कम्पनीले त्रिभुवन बिमानस्थलको रनवे विस्तारको काम काम रोकेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पटकपटक काम सुरु गर्न पत्राचार गरेपनि चाइना सान्छी कन्स्ट्रक्सन् इन्जिनिरिङ ग्रुप अफ कम्पनीले सुनुवाइ नगरेपछि यो काम रोकिएको छ। निर्माणको काम गत नोभेम्बरमै सुरु हुनुपर्ने भएपनि पाँच महिना बित्दासमेत निर्माण सुरु गरेको छैन । बारम्बार आग्रह गर्दा पनि नटेरेपछि नागरिक उड्डयन प्राधिकरण निर्माण कम्पनीसँग ठेक्का बताएको छ ।
यसअघि स्पेनिस कम्पनी कन्स्ट्रक्टोरा सान्जोशेले निर्माण कार्य अघि नबढाई ३ वर्ष रोकेर राखेको थियो । सन् २०१३ देखि काम थालेको सान्जोशेले सन् २०१६ को डिसेम्बरसम्म जम्मा २० प्रतिशत काम सकेको थियो । काम नगरेको भन्दै सान्जोशेसँग ठेक्का तोडेपछि विमानस्थल बिस्तारलाई प्राधिकरणले तीन भागमा बिभाजन गरेर छुट्टाछुट्टै ठेक्का लगाएको थियो । त्यसमध्य रनवे विस्तार अर्थात एनसीबी ००१ को जिम्मा चाइना सान्छीले पाएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु