रक्सी र राजनीति – विनोद दाहाल

२०७५ श्रावण १७ गते, बिहीबार

माओवादी आन्दोलनका एक हस्ती वा नेताले माओवादी आन्दोलन व्यवस्था ढाल्ने लक्ष्यमा पुग्न सकेन, असफलतामा टुङ्गियो भन्दै यसमा माओवादी नीतिको कारण नभै रक्सीको कारणले मुख्य भूमिका खेलेको छ भन्न पुगे । माओवादी आन्दोलन राजनीतिक आन्दोलन हो र रक्सीको यसमा मुख्य भूमिका देख्न पुगेपछि राजनीति र रक्सीको सम्बन्ध रहेको कुरा पनि चर्चाको बिषय बन्न पुग्यो । रबिन्द्र श्रेष्ठ अन्ततः माओवादी आन्दोलनमा गलत नियत उजागर भएपछि अटाउन नसकेर बाहिरिएका मान्छे हुन् । उनको उदेश्य त्यस उप्रान्त माओवादीको बदनाम गराउने रहेको छ । यस बिषयमा एमालेले उनलाई राम्ररि प्रयोगमा ल्यायो । पार्टीलाई बुझाएको नेताहरुको सम्पत्ति प्रबिधिक कारणले गर्दा पार्टीकरण हुन नपाएकाले उनले फिर्ता पाईहाले । हुनत अरु सबै नेताले पछि त्यसै गरे । पार्टी नै घर हो भन्ने नीतिलाई व्यवहारमा लान कोहि इमानदारिपुर्वक लागेको देखिएन । पार्टी, क्रान्ति र वर्गप्रति कोहिपनि इमानदार देखिएनन्, झन उनी त पहिलै पन्छिएपछि इमानदार हुने कुरै भएन । उनले आन्दोलनको अपमान होला कि, सहिदको अपमान हुने हो कि वा आफ्नै वलिदानीपूर्ण र गौरवशाली जीवनको अपमान हुने हो कि भन्ने कुनै नीयत नै राखेनन् । एमालेमा जे जति बोले, त्यसै गरे । एमालेमा पनि कारवाहीमा परेर आर्थिक शंकटमा परेकोबेला कमाईका लागि उपन्यास लेखे, नियत माओवादीको अपमान गरेर प्रतिक्रियावादी शक्तिको सेवागर्ने लक्ष्य लिनपुगे । नियत नै खराव रहेका उनले लेखेका वा भनेका कुरा प्रतिक्रियावादी वर्गलाई खुराक त होला तर क्रान्तिकारि शक्तिलाई उनका कुराले घात गरेको हुन्छ । रक्सी मादक तथा नसालु पदार्थ हो । राजनीति पनि झण्डैझण्डै त्यस्तै हो । पत्तै नपाई गतिबिधिहरु गर्नथाल्नु नसाको लक्षण हो । राजनीतिको मात लागेर नै मान्छे असाधारण वा पत्तै नपाई नेता बनेको हुन्छ । मान्छे प्रायः घटना बिशेषले गर्दा नेता हुन पुग्छन् । ऊ त्यसैगरि नायकबाट खलनायकमा बदलिएको पनि हुन्छ । यसमा रक्सीको कमाल हुन्छ ।
राजनीतिमा रक्सी अत्यधिक प्रयोगमा आएको हुन्छ । नेताहरु प्रायः जँड्याहा हुन्छन् । नेताहरुमा पिउने बानी रहने र जण्डिस तथा टाइफाईड जस्तो पत्तै नपाई बिरामी बनाउने समस्या रहेको बेला नेताले पिइदिंदा लाखौं कराडौं खर्च लाग्ने स्थिति बन्छ वा बनिरहेको हुन्छ । अरु वा जनता भए मर्छन् तर नेता जनताको करले उपचार गर्छन् । जनतालाई थप मारमा पार्ने घातक काम नेताहरुबाट भैरहेका छन् । यसलाई उनीहरु सामान्य रुपमा लिन्छन् । जबकि समाजमा यो ज्यादै असामाजिक तत्व हो र यसले बिकराल रुप लिएको हुन्छ, ठूलै सामाजिक समस्याको रुपमा यो रहेको हुन्छ । नेताहरु नै जन्ड्याहा हुने भएकोले यसले सार्थक रुपमा समाधान पाउन सक्दैन । सामाजिक रुपमा यसले उत्पीडनमा पारेका समुहहरुको दवावले बेलाबेलामा यो सामाजिक आन्दोलनको रुपमा यो उठने गर्दछ । कृष्णहरि बास्कोटाले सरकारलाई सुझाव दिनको लागि एउटा महत्वपूर्ण रिपोर्ट सार्वजनिक गरेका छन् । कसरि बनाउन सकिन्छ मदिरामुक्त नेपाल भन्ने उनको चिन्ता छ । मदिरा समाजको लागि अत्यन्तै खतरनाक चिज हो । राजनीतिमा मात्र हैन, आर्थिक, सामाजिक र सांस्कृतिक रुपमासमेत मानिसलाई यस्ले पतनोन्मुख बनाईरहेको छ । कैर्यां समस्याहरुको जढ कुरा यहि नै भएको छ । सरकारले एकपटक बास्कोटाको यो रिपोर्ट हेरोस् । जनताको लागि यहाँ जनक्रान्ति आवश्यक छ । अझैपनि देशलाई स्वाधिन बनाउने आन्दोलन चाहिएकै छ । जनतालाई जनपक्षीय, शोषणरहित, भेदभावरहित सभ्य समाज चाहिएको छ । रक्सिी यसमा बाधक छ । यदि सरकार उदासिन हुन्छ भने जनस्तरबाट यस्को पहल गर्नु आवश्यक हुन्छ ।
बुर्जुवा जगतको कुरै छोडौं ! रक्सी सेवन गौरवको कुरा हुन्छ । बुर्जुवाको सत्ता टिकाउने अनेकौं तत्वहरु मध्ये मादक पदार्थको ठूलो बजार पनि हो । कम्युनिस्टलाई बिगार्ने ठूलो अस्त्रको रुपमा उनीहरुले मादक पदार्थलाई प्रयोग गरेका हुन्छन् । साम्राज्यवादी र विस्तारवादीले बेलाबेलामा बोलाएर रक्सीको नरामा लठ्ठ बनाई मध्यरात कटाएर सहमति र संझौता गराएका यहाँ कैयौं तथ्यहरु छन् । देश भित्रको तनावमा समझदारिहरु गराउन पनि बिशेषत विस्तारवादीले त्यही बिधि प्रयोग ल्याउने गरेका छन् । राज्यका कुनै पनि निर्णय गर्दा विस्तारवादीलाई साक्षि राख्ने र रक्सीको समारोह गराउने गरेका छन् । त्यसैले यहाँ दलाल संसदीय व्यवस्थाको मुख्य अंग नै रक्सी र राजनीति हुने गरेको छ ।
माओवादीको नेतृत्वमा जब जनयुद्ध शुरुभयो त्यातिबेला उनीहरुको जोखिमपूर्ण जीवन थियो । त्यसमा पनि महिला र बालवालिकाको स्थिति थप जोखिमपूर्ण बन्यो । जोखिम न्युनिकरणको लागि र आफ्नो लक्ष्यको लागि सहयोग पुग्ने ठानेर जाँडरक्सिी बिरोधि अभियान थाल्नका लागि भनेर महिला संगठनबाट पार्टीमा दवाद भयो । जाँडरक्सि बिरोधि अभियान पार्टीबाट थाल्न दवाव प¥यो । पार्टी नेतृत्व यस बिषयमा उदार बनिदिंदा र कोहि त बिरुद्धमै उत्रिंदा टुङ्गो लाग्ने कुरै हुँदैनथ्यो, भएन । बरु रक्सीको बिषय माओवादीमा सँधै उठने गरेको थियो ।
प्रचण्डको जन्म समारोहमा एकदिन प्रचण्ड र बादल मात्तिंदा जनयुद्ध नै प्रभावित भएको कुरा पनि प्रयोगशालामार्फत बाहिर आएको छ । पार्टीको कुनै पनि नेतृत्वले त्यसको खण्डन गरेनन् । यसको मतलव हुन्छ त्यो घटना सहि थियो । अहिले रविन्द्र श्रेष्ठमार्फत रक्सी बिरोधि क्रान्तिकारि महिला संघको बिरुद्ध जनयुद्ध शुरु गर्दा नै बाबुराम र हिसिला कडा रुपमा उत्रिएको कुरा बाहिर ल्याएका छन् । उनले माओवादी नेताहरु रक्सी पिउनमा शौखिन रहेको शहरका गल्लीहरुमा लर्बरिंदै हिंडने गरेसम्म बताएका छन् । उनले त यतिसम्म भनेका छन् कि रक्सी पिउनकै लागि माओवादी नेताहरु भरतमा बस्ने गर्दथे । यसकै कारण जनता, पार्टी कार्यकर्तासँग पनि अलग्गिए । परिणाम जनयुद्ध असफलतामा टुङ्गिन पुगेको हो । रविन्द्रले लेखेका छन् कि जनयुद्ध शुरु गर्दा फागुन १ गते बेलुका खानाखाने क्रममा उनी र मणीलाई अलग्गै राखेर अरुले रक्सी पिएको जानकारि पाएको, यतिसम्म कि हरिबोल पनि लर्बरिंदै हिंड्ने स्थितिमा गएर पनि सिन्धुली गढी चौकी जोखिम मोल्दै कब्जामा लिन सफल भएको बताएका छन् ।
जनयुद्ध नीतिको कारण हैन मुख्यतः रक्सीको कारण अफिलतामा टुङ्गियो भन्ने उनको लेखको कतैपनि खण्डन भएको देखिंदैन । जिम्मेबार मान्छेका यस्ता सार्वजनिक अभिव्यक्तिको सम्बधित निकायबाट खण्डन नभएपछि सहि हो भनेर मान्न जनता बाध्य हुन्छन् । यसबाट थाहा हुन्छ, राजनीतिक नेतृत्व गैरजिम्मेवार छन्, त्यसमा पनि सम्बन्धित माओवादी आन्दोलनका नेताहरु पनि उस्तै देखिए ।
माओवादीमा रक्सी काण्डमा परि धेरैजना कारवाहीमा परेका छन् । सामाजिक रुपमा धेरै जनकारवाहिहरु भए । जनताले माओवादीलाई रक्सी तथा असामाजिक कृयाकलाप बिरोधी राजनीतिक आन्दोलनको रुपमा बुझ्छन् । बिडम्बना ! माओवादीका नेताहरु रक्सीका शौखिन थिए, सँधै मात्तिएर हिंड्ने गरेको कुरा खुल्न आएको छ ।
माओवादीले जनस्तरमा पनि जाँड र रक्सी सेवन तथा करोबारको दोषमा कारवाहीका कैयौं जोखिमपूर्ण घटनाहरु घटे । माओवादीका तल्लोस्तरका कार्यकताहरु धेरै जना रक्सी सेवनको कारण कारवाहिमा परे । आलोक प्रबृत्तिको रुपमा त्यस्ता कुराहरुलाई जनाइयो । कति कार्यकर्ताको त त्यही झडपमा घाईते हुने तथा ज्यानसम्म जाने स्थिति रहयो । नेताहरुमै मुख्यतः मुख्य नेताहरुमै उक्त आलोक प्रबृत्ति भनिएको समस्या गाँजिएर बसेको स्थिति रहेछ ।

प्रतिक्रियाहरु