रक्सी पिउन छोरा बिक्रि !

२०७४ भाद्र ३० गते, शुक्रबार

काठमाण्डौ , ३० भदौ । भारतको ओडिसा राज्यको भद्रक जिल्लामा मंगलबार एकजना युलीयुगी पिताले मोबाइल फोन र रक्सी किन्न आफ्नै ११ महिनाको छोरा बेचेका छन् । प्रहरीले आरोपीलाई पक्राउ गरेको छ। प्रहरीले आरोपी बलराम मुखीलाई २३ हजारमा आफ्नो छोरो बेचेको आरोप लगाएको छ। आरोपी पिताले दुई हजारमा मोबाइल फोन र १५ सय मा छोरीका लागि पायल किनेका थिए । उनले बाँकी बचेको १९ हजार ५ सय रुपैयाँ रक्सी किन्न खर्च गरेका थिए । प्रहरीले मुखीकी श्रीमतीसँग पनि सोधपुछ गरेको छ । मुखीको एउटा छोरा अर्को पनि छन् ।
भद्रकका एसपी अनुप साहुका अनुसार मुखीको कुनै नियमित आम्दानी थिएन । उनले भने–आरोपी पिता सरसफाईकर्मी हुन् । प्रहरीका अनुसार यस्तो लाग्छ कि उनलाई मदिराको लत छ ।यो अपराधमा मुखीका साला बलिया र अर्का एक जना पनि संलग्न रहेको पाइएको छ।
मुखीले आफ्नो छोरा सोमनाथ सेठीलाई बेचेका हुन् । भद्रक गाउँका प्रहरी निरक्षिक मनोज राउतका अनुसार सोमनाथका २४ वर्षीय छोराको २०१२ मा मृत्यु भएको थियो। छोराको मृत्युपछि नै सोमनाथकी श्रीमती डिप्रेशनमा थिइन् । श्रीमतीलाई रोगबाट मुक्त गर्न सोमनाथले बच्चा किनेका थिए । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु