रक्सी चखाउँदा बालकको ज्यान गयो

२०७१ श्रावण ११ गते, आईतवार


काठमाडौ, ११ साउन । इलाम चुलाचुली–६ का रक्सी चाख्ने क्रममा बेहोस भएका एक बालकको उपचारका क्रममा शनिबार विराटनगरमा मृत्यु भएको छ । रक्सी खाएर बेहोस भएका रामबहादुर राईका छ वर्षीय छोरा अभिषेक राईको लाइफलाइन अस्पतालमा शनिबार उपचारका क्रममा मृत्यु भएको हो ।
घर नजिकै खेल्न गएकाबेला बुधबार स्थानीय विष्णु राईले घरमा पकाउँदै गरेको रक्सी बालकलाई चाख्न दिएकी थिइन् । रक्सी चाखेपछि एक्कासि रिङ्गटा लागेर रन्थनिएका अभिषेक आफ्नो घरमा पुगेर बेहोस भई भुइँमा लडेका थिए । बेहोस भएर लड्ने बित्तिकै उनलाई तत्काल उपचारका लागि लाइफलाइन अस्पताल विराटनगर लगिएको थियो । तर अस्पतालमा उपचारका क्रममा शनिबार दिउँसो बालकको मृत्यु भएको चुलाचुलीस्थित पेल्टिमारी प्रहरी चौकीले जनाएको छ । बालकको मृत्युपछि रक्सी खुवाउने विष्णु राईलाई प्रहरीले पक्राउ गरेको छ ।
बालकको शव परीक्षणका लागि विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार