रकेट इन्जिन बिस्फोट हुँदा पाँच जना इन्जिनियरको मृत्यु

२०७६ श्रावण २९ गते, बुधबार

काठमाडौं , २९ साउन । रुसमा रकेट इन्जिन विस्फोटमा पाँच जना रुसी न्युक्लियर इन्जिनियरको मृत्यु भएको छ । विस्फोटमा तीनजना इन्जिनियर घाइते भएका छन् । रुसको न्युक्लियर मिसाइलहरु बनाउने स्थानमा विस्फोट भएको हो । राजधानी मस्कोबाट ३ सय ७३ किलोमिटर टाढा रहेको सारोभ शहरमा भएको विस्फोटपछि रुसीको न्युक्लियर एजेन्सी रोसाटोमले इन्जिनियरहरुले ‘न्युक्लियर पावर इन्जिन’ परीक्षणका क्रममा विस्फोट भएको बताएका छन् । आर्कटिक समुद्री किनारमा न्युक्लियर पावर इन्जिन परीक्षण भइरहेको थियो । यसअघि उक्त स्थानमा रुसले शक्तिशाली न्युक्लियर क्रुज मिसाइल परीक्षण गरेको थियो । तर, अधिकारीहरुले विस्फोटमा भने कुन किसिमको प्रणाली राखिएको थियो भन्ने नखुलेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
रुस र पश्चिमी क्षेत्रका मिसाइल विज्ञहरुले भने उक्त परीक्षण जमिनबाट धेरै लामो दूरीमा मार हान्न सक्न मिसाइल भएको बताएका छन् । रुसी राष्ट्रपति भलाद्मीर पुटिनले सन् २०१८ मा यस मिसाइलका बारेमा रुसको संसदमा जानकारी गराएका थिए । नाटोले भने उक्त मिसाइल एसएससी(एक्स–९ स्काईफल भएको दाबी गरेको छ । -एजेन्सी

प्रतिक्रियाहरु