‘रअ’ र विजेपिबीचको अन्तरविरोधले नाकाबन्दीः वास्तोला

२०७२ आश्विन २२ गते, शुक्रबार

काठमाडौ । नेकपा माओवादीका स्थायी समिति सदस्य धरमेन्द्र बास्तोलाले भारतीय गुप्तचर संस्था ‘रअ’ र अतिहिन्दूवादी विजेपीबीचको अन्तरविरोधले नेपालमा नाकाबन्दीको अवस्था सिर्जना भएको बताए । ‘सुशील, केपी र प्रचण्डले ‘रअ’ को निर्देशनमा संविधान जारी गरे तर आरएसएसको छत्रछायाँमा बाबुराम लगायतका नेताले विरोध गरिरहेका छन्’, वास्तोलाले अगाडि भने, ‘आरएसएसले नेपाल हिन्दूराज्यसहितको संविधान जारी गर्न चाहन्छ ।’ शुक्रबार काठमाडाँैमा अखिल क्रान्तिकरीले आयोजना गरेको नाकाबन्दीको विरोध तथा २० औँ राष्ट्रिय सम्मेलनको सन्देश सभालाई सम्बोधन गर्दै बास्तोलाले सो कुरा बताएका हुन । बास्तोलाले ‘रअ’ र विजेपीका नेपाली एजेन्टबीच एकता हुन नसक्दा नेपाली जनताले नाकाबन्दीको मार भोग्नु परेको दाबी गरे । उनले जसरी पनि भारतकै मातहतमा नेपाल राख्ने गद्धारी कार्य भइरहेको बताए । जिम्मेवार मन्त्री र राजनीतिक पार्टीका केही नेताले नाकाबन्दीको सर्मथन गरेर नेपालको राष्ट्रियतामाथि धावा बोलिरहेको बास्तोलाले बताए । नाकबन्दी अधिाकारसँग सम्बन्धित नभएर घुमाई फिराई नेपालमा भारतको हस्तक्षेप कायम राख्न चक्रब्यूह रचिएको बताए । कार्यक्रममा बोल्दै बास्तोलाले सरकारका जिम्मेवार पदमा विदेशी नागरिक भएकाले राष्ट्रिय स्वधिनताका पक्षमा काम गर्ने लालबाबु पण्डित जस्ता देशभक्तलाई काम गर्न असहज भएको बताए । सञ्चार मन्त्रीले नाकाबन्दीको पक्षमा बोल्नु आपत्तिजनक भएको भन्दै बास्तोलाले सरकारका मन्त्री र दलका नेताहरुकै कारण नेपालमा भारतीय हस्तक्षेप बढेको बताए ।
सभामा नेकपा माओवादीका केन्द्रीय सदसस्य मोहन कार्की ‘जीवन्त’, अखिल नेपाल जनास्वस्थ्यकर्मी महासंघका अध्यक्ष डम्बर रावल, अखिल नेपाल क्रान्तिकारी टे«डयूनियन महासंघ अध्यक्ष योगेन्द्र कुमाल, अखिल नेपाल बुद्धीजीवि संगठनका अध्यक्ष टिका कडेल, अखिल क्रन्तिकारीका अध्यक्ष पूर्णबहादुर सिहं, अखिल क्रान्तिकारीका महासचिव दीपेन्द्र चलाउने लगायतका बक्ताहरुले भारतको नाकाबन्दीको अगाडि झुकेर होइन डटेर प्रतिवाद गर्नुपर्ने धारणा व्यक्त गरे ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु